काेसेली :: फूलै संसार ! [फोटो फिचर]

किरण पाण्डे

फूलको घर, मयूर, विमान, पानीजहाज, पुतली अनि चराहरू । यस्तै–यस्तै अरू धेरै मन हर्ने चीजहरू । यी सबै आकृतिलाई ढकमक्क ढाकेका रंगीचंगी फूलले जीवन दिएका छन्, दुबईको मिराकल गार्डेनभित्र ।

Yamaha

दुबई ल्यान्ड डिस्ट्रिकस्थित ७२ हजार स्क्वायर मिटरमा फैलिएको गार्डेनमा साढे ४ करोड फूलहरू छन्, जसले यहाँको संसारलाई मनमोहन बनाएको छ । अग्ला घर, फराकिलो सडक र खचाखच गाडीले भरिने दुबई आफैं पनि मरुभूमिको बीचमा अवस्थित छ । त्यसैले मरुद्यान जस्तै छ यो गार्डेन । अक्टोबरदेखि अप्रिलसम्म खुला रहने यो बगैंचा बाँकी महिना भने अध्यधिक तापक्रमका कारण बन्द हुन्छ ।
२०१३ भ्यालेन्टाइन डेका दिन उद्घाटन गरिएको गार्डेनको अधिकांश द्वार मुटु आकारका छन् । यहाँ छिर्न ४० दिराम अर्थात् करिब एक हजार दुई नेपाली रुपैयाँ शुल्क लाग्छ ।


यो बगैंचामा फूलमा हाल्न मात्रै दैनिक सात लाख ५७ हजार लिटर पानी चाहिन्छ । यसका लागि सहरमा खेर गएका पानी संकलन गरिन्छ । बगैंचामा हालिएको पानी पुन: प्रयोग गर्ने गरी प्रणाली तयार पारिएको छ ।


प्रकाशित : माघ ८, २०७३ १२:१०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

संशोधन थाती राख्‍ने समझदारी हुने ज्ञवालीको दाबी

म्याग्दी — नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन् । प्रेस चौतारी, म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले सरकारले व्यवस्थापिका–संसद्‍मा दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई थाती राख्ने प्रतिबद्धता जनाए राजनीतिक गतिरोधको गाँठो फुक्ने बताए ।

नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन् ।

प्रेस चौतारी, म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले सरकारले व्यवस्थापिका–संसद्‍मा दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई थाती राख्ने प्रतिबद्धता जनाए राजनीतिक गतिरोधको गाँठो फुक्ने बताए । 'सरकारले संशोधन विधेयकलाई यथास्थितिमा राखेर निर्वाचनसम्बन्धी विधेयक अघि बढाए राजनीतिक समझदारी कायम भई संविधान कार्यान्वयनको वातावरण बन्छ' सचिव ज्ञवालीले भने ।

संविधान कार्यान्वयनका लागि आगामी एक वर्षभित्र तीनवटै तहको निर्वाचन गर्ने वातावरण बनाउन सबैले जितेको अनुभूति हुने गरी समझदारी कायम गराउन पहल भइरहेको सचिव ज्ञवालीले जानकारी दिए । निर्वाचनका लागि राजनीतिक समझदारीको वातावरण बनाउन सरकारले अग्रसरता देखाउनुपर्ने सचिव ज्ञवालीको भनाइ छ । 'संविधान जारी गर्ने बेलामा एक ठाउँमा उभिएका राजनीतिक शक्तिबीच समझदारी बनेमा मधेसवादी दल असहमतिका बाबजुद पनि निर्वाचनमा सहभागी हुन्छन्' सचिव ज्ञवालीले भने, 'सरकारले स्थानीय तह, प्रदेश र राष्ट्रियसभाको निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्छ ।'

विसं २०७४ माघ पहिलो हप्ताभित्र तीनवटै तहको निर्वाचन हुन नसके देश गम्भीर सङ्कटमा पर्ने चिन्ता व्यक्त गर्दै निर्वाचनका लागि आवश्यक कानुन निर्माण, निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन र स्थानीय तहको सङ्ख्या तथा सिमाना निर्धारण आयोगको प्रतिवेदन कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने बताए ।

संविधान संशोधनको बहानामा देशलाई विखण्डन र सामाजिक सद्भाव खल्बलाउने प्रयास भएको भन्दै उनले राष्ट्रिय र सामाजिक एकता कायम गर्न एमालेले मेची–महाकाली अभियान सञ्चालन गर्ने बताए । अनुचित तवरले संसद्‍मा दर्ता भएको संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित नहुने र हुन नदिने पनि सचिव ज्ञवालीले बताए ।
रासस

प्रकाशित : माघ ८, २०७३ ११:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT