कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिउँमय खप्तड

कान्तिपुर संवाददाता

चैनपुर — 'स्वर्गको एक टुक्रा' उपमा दिइएको खप्तड अहिले हिउँले ढाकिएको छ । यसै त सुन्दर खप्तड, हिउँको पर्दामा ढाँकिदा झनै सुन्दर देखिएको छ । यतिखेर खप्तड पुग्ने जोकोहीले हिउँ खेल्न पाउँछन्, रमाउन सक्छन् । यो हिउँ चैतको पहिलो हप्तासम्म रहन्छ ।

काठमाडौंबाट तीन दिनको यात्रामा पुगिन्छ खप्तड । ३ हजार १ सय मिटरको उचाइमा रहेको खप्तड पुग्दाको थकाइ त्यहाँ रहेका २२ वटा पाटनले मेटाउँछन् । यहाँसम्मको यात्रा त्यति सजिलो भने छैन । खप्तड पुग्न दुई बाटो रोज्न सकिन्छ । काठमाडौंबाट धनगढी अनि डडेल्धुरा, बैतडी, हुँदै बझाङ वा काठमाडौंबाट धनगढी, डडेल्धुरा, डोटी हुँदै खप्तड पुग्न सकिन्छ ।

उचाइमा भएकोले खप्तड घुम्ने सिजन भनेको चैतदेखि असोजसम्म हो । तर अहिले खप्तड पुग्ने हो भने हिउँमा खेल्न पाइन्छ । थुम्कामा जमेका हिउँले जो कसैको मन पुलकित बनाउँछ । एकपटक जाने हैन त खप्तड ?

















तस्बिर सौजन्य: किशोर खड्का र कुमार चौलागाई प्रकाशित : फाल्गुन ६, २०७३ १५:२३

प्रतिक्रिया
पठाउनुहोस्