राप्रपाको महाधिवेशन भृकुटीमण्डपमा सुरु

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन प्रदर्शनी मार्गस्थित सडकमा सुरु भएको छ । राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता भएपछि आयोजना भएको एकता महाधिवेशनको नारा ‘राष्ट्रियता, प्रजातन्त्र, हिन्दुत्व र आर्थिक उदारवादको जगमा समृद्ध नेपाल निर्माण गरौँ’ भन्ने रहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन प्रदर्शनी मार्गस्थित सडकमा सुरु भएको छ ।

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता भएपछि आयोजना भएको एकता महाधिवेशनको नारा ‘राष्ट्रियता, प्रजातन्त्र, हिन्दुत्व र आर्थिक उदारवादको जगमा समृद्ध नेपाल निर्माण गरौँ’ भन्ने रहेको छ ।

चारवर्षे कार्यकालमा गरिएको महाधिवेशनको उद्घाटन केन्द्रीय अध्यक्ष कमल थापाले गरे । यही फागुन ९ गतेसम्म महाधिवेशन भृकुटीमण्डपमा जारी रहने छ ।

सो सभामा सहभागीलाई पार्टीका उपाध्यक्ष टङ्क ढकालले स्वागत गर्दै जनताले चाहना गरेको शान्त र समृद्ध मुलुक निर्माणको उद्देश्यका लागि दुई पार्टी एक भई महाधिवेशन गर्न लागिएको जानकारी दिए । उनले मुलुक अहिले सङ्कटको अवस्थामा रहेकाले बलियो राष्ट्रवादी शक्तिको खाँचो रहेको औँल्याए ।

यसअघि राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, वरिष्ठ नेता पशुपतिशम्शेर राणालगायतले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेका थिए ।

पञ्चायती पृष्ठभूमि भएका नेपाली राजनीतिमा खारिएका नेताहरुको बाहुल्यता रहेको राप्रपा व्यवस्थापिका–संसद्मा चौथो ठूलो शक्तिका रुपमा रहेको छ । महाविधेशनले आगामी चार वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

उक्त पार्टीको शीर्ष नेतृत्वमा पूर्वअध्यक्षहरु लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापा रहेका छन्। महाधिवेशनमा भाग लिन स्वेदश तथा विदेशबाट गरी तीन हजार ३१५ प्रतिनिधिको सहभागिता रहेको छ ।

महाधिवेशनलाई सफल तुल्याउन ३०० पर्यवेक्षक परिचालन गरिएको छ । महाधिवेशनलाई भव्य र सव्य बनाउन महाधिवेशनस्थल वरपर पार्टीका झन्डा र ब्यानरबाट झकिझकाउ तुल्याइएको छ भने सुरक्षा व्यवस्थालाई कडा तुल्याइएको छ ।

नेपाली राजनीतिमा चतुर खेलाडीको उपनाम पाएका नेताहरु सम्मिलित राप्रपाले प्रजातन्त्र पुनःस्थापनापछि पनि सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको थियो ।

महाधिवेशनको उद्घाटनसत्रमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलका नेताहरुले समेत सम्बोधन गरे ।

राप्रपाको यो महाधिवेशनलाई अरु राजनीतिक पार्टीले विशेष महत्व र चासोका साथ हेरेका छन् ।

तस्विर : प्रताप थापा

प्रकाशित : फाल्गुन ६, २०७३ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चुनावका लागि एमाले र मोर्चासँग सहमति भइसकेको प्रधानमन्त्रीको दाबी

नवीन पौडेल

नवलपरासी — प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख विपक्षी एमाले र मधेसी मोर्चासँग निर्वाचनका विषयमा सहमति भएकाले केही दिनमा नै निर्वाचनको मिति घोषणा हुने बताएका छन् । जिल्लाको दलदलेमा शुक्रबारबाट सुरु भएको प्रथम ऐतिहासिक देवचुली महोत्तसव उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले आगामी माघसम्ममा निर्वाचन नगरे अहिलेसम्मका प्राप्त उपलब्धि गुम्ने भन्दै निर्वाचन गर्न सरकार घनिभूत रुपमा लागिपरेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख विपक्षी एमाले र मधेसी मोर्चासँग निर्वाचनका विषयमा सहमति भएकाले केही दिनमा नै निर्वाचनको मिति घोषणा हुने बताएका छन् ।

जिल्लाको दलदलेमा शुक्रबारबाट सुरु भएको प्रथम ऐतिहासिक देवचुली महोत्तसव उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले आगामी माघसम्ममा निर्वाचन नगरे अहिलेसम्मका प्राप्त उपलब्धि गुम्ने भन्दै निर्वाचन गर्न सरकार घनिभूत रुपमा लागिपरेको बताए । ‘म जहाँ गए पनि जनताले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको माग गरेका छन् त्यसका लागि निर्वाचनमार्फत स्थायी सरकार आवश्यक छ’ उनले भने ।

मुलुकमा देखिएको अस्थिरतालाई चिरेर हिमाल, पहाड र तराईमा शान्ति र विकासको गति बढाउन सरकार लगातार लागिपरेको भन्दै प्रधानमन्त्रीले मधेसी, आदिवासी जनजाति, अल्पसंख्यक, दलित सबैको अधिकार समेटिने गरी संविधानको सर्वस्वीकार्यता बढाएर सहमतिको प्रयास भएको पनि बताए । नवलपरासीबाट आफूले औपचारिक राजनितिक यात्रा सुरु गरेको स्मरण गर्दै प्रधानमन्त्रीले यो क्षेत्रको विकासका लागि सधै‌ लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

देवचुली उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव फागुन १६ गतेसम्म सञ्चालन हुनेछ ।

'संविधान कार्यान्वयनमा सहयोग माग्न रोल्पा आएँ'

प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक समृद्धि र विकासबाट मात्रै संविधानले परिकल्पना गरेको समाजवादसम्म पुग्न सकिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले रोल्पाको सदरमुकाम लिबाङमा शुक्रबार आयोजित प्रथम रोल्पा महोत्सव उद्घाटनको क्रममा सो कुरा बताएका हुन् । राजनीतिक परिवर्तनमा उल्लेखनीय भूमिका खेलेको रोल्पा युद्ध पर्यटनको उच्च सम्भावना भएको जिल्ला भएको बताए ।

विगतमा गरिएको त्याग तपश्या र बलिदानले युगान्तकारी परिवर्तन सम्भव भएको बताउँदै समानुपातिक समावेशी, सङ्घीयता, धर्म निरपेक्षता र गणतन्त्र बलिदानीको सम्पत्ति भएको उल्लेख गरे । युद्धकालमा समेत कठिन र अप्ठेरा दिनमा रोल्पा आएर ऊर्जा थप्ने गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भने, 'अहिले पनि संविधान कार्यान्वयनमा रोल्पालीको साथ सहयोग माग्न रोल्पा आएको छु' । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनाउने श्रेय रोल्पालाई भएको बताउँदै उनले भने, 'रोल्पाको विकास र परिवर्तनमा आफू सधैं लागिरहने बताए ।

राजनीतिक लडाइँमा विजय हासिल गर्दै गणतन्त्रसम्म पुगेको र शान्ति कालमा समेत महत्वपूर्ण योगदान गरेकै कारण रोल्पाले अहिले राज्यका महत्वपूर्ण स्थानमा प्रतिनिधित्व रहेको उनको भनाइ थियो ।

अब क्रान्ति र आन्दोलनबाट भन्दा विकास निर्माणबाट समाजवादको आधार तयार गर्न सकिने नेकपा(माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले बताए ।
एकथरी शक्ति सिंहदरबारको अधिकार गाउँसम्म पुग्न दिने पक्षमा नभएको र अर्कोथरी शक्ति पछाडितर्फ फर्कन खोजेको प्रधानमन्त्री दाहालको आरोप थियो ।

प्रधानमन्त्री दाहालसँगै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्व्अर्थमन्त्री वर्षमान पुन पनि रोल्पा पुगेका छन् ।

रोल्पा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सव शुक्रबार उद्घाटन भई फागुनु १२ गतेसम्म चल्ने आयोजकले बताएका छन् । रासस

प्रकाशित : फाल्गुन ६, २०७३ १६:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT