२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

एसईई परीक्षार्थीको पहिलो दिन [फोटोफिचर]

एसईई परीक्षाको पहिलो दिन कतिपय विद्यार्थी निर्धारित समयभन्दा निक्कै अगाडि परीक्षा केन्द्रमा पुगेका थिए । भक्तपुरको पद्म उच्च माध्यमिक विद्यालयमा शिक्षकहरुले परीक्षार्थीलाई शुभकामना दिँदै टीका लगाइदिएका थिए । शिक्षकको स्वागत र शुभकामनापछि विद्यार्थीहरु परीक्षामा सामेल भएका छन् ।

माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेसन एक्जामिनेसन/एसईई) आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि देशभरि एकसाथ सुरु भएको परीक्षामा कुल ५ लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी छन् । यो परीक्षार्थी संख्या नियमित, आंशिक ग्रेड वृद्धि र एक्जाम्टेडको हो । परीक्षाका निम्ति देशभरि १ हजार ९ सय २३ केन्द्र, त्यत्ति नै संख्यामा केन्द्राध्यक्ष, २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४ सय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार ५ सय ९१ जनशक्ति खटाइएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जनाएका छन् ।

शब्द, तस्बिर : अंगद ढकाल/कान्तिपुर प्रकाशित : चैत्र ३, २०७३ ०९:१८

प्रतिक्रिया
पठाउनुहोस्