कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

साताको ७ तस्बिर

काठमाडौं — यो हप्ता काठमाडौं कीर्तिपुर क्रिकेट मैदानमा भएको आईसीसी विश्व क्रिकेट च्याम्पियनसीपअन्तर्गतको नेपाल र केन्याबीचको खेल, चैत ३ गतेदेखि सुरु माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धित फोटोले प्राथमिकता पाए ।

एसईई परीक्षामा स्याङ्जाको कालभैरव उच्च माविमा अध्ययनरत ६९ वर्षीय दुर्गेस कामी सामेल र उनी सम्बन्धित फोटोफिचर अत्यधिक रचाइए । गत शनिबार झम्टीझम्टी परेको पानीले नेपाल केन्याविरुद्धको खेल प्रभावित भए पनि दर्शकको उपस्थिति र उत्साह नघटेको तस्बिर पनि धेरैले अवलोकन गरे भने यो साता चाबहिल चुच्चेपाटीस्थित ताराचौरका भूकम्पपीडितलाई स्थानीय प्रशासनले डोजर लगाएर हटाइएको तस्बिर समेटिएको थियो । त्यतिमात्र होइन, मुस्ताङमा परेको हिउँले स्थानीय सास्ती र बसन्तपुरमा होली हंगामा फोटोले पनि स्थान लिए । 

स्याङ्जाका ६९ वर्षीय दुर्गेस कामी बिहीबारदेखि सुरु भएको एसईई परीक्षामा सामेल हुँदै । तस्बिर : प्रतिक्षा काफ्ले

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको नेपाल र केन्याबीचको खेलमा सहभागी दर्शकहरु । तस्बिर : अंगद ढकाल

माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेसन एक्जामिनेसन, एसईई) बिहीबारदेखि सुरु भएको छ । पद्मा उच्च माध्यमिक भक्तपुरका छात्र तथा छात्राहरुलाई बिदाई गर्दै उक्त स्कुलका शिक्षक तथा शिक्षिका । तस्बिर/अंगद ढकाल

रङहरुको पर्व होली मनाउन आइतबार राजधानीको बसन्तपुरमा जम्मा भएको भीड । यसपालीको होली पहाडी भेगमा आइतबार साथै तराईमा सोमबार मनाइएको छ । तस्बिर : हेमन्त श्रेष्ठ

राजधानीको चुच्चेपाटीस्थित भूकम्पपीडित शिविर मंगलबार भत्काएपश्चात् दृश्य । मंगलबार नै डोजरले जमिन सम्याइएको थियो । तस्बिर : सुरविन्द्रकुमार पुन

हिमाली जिल्ला मनाङमा हिमपातका बाबजुद साइकलमा घुम्दै पर्यटकहरु । तस्बिर सौजन्य  : बाबुलाल तिरुवा र एक्याप मनाङ

 

 

  प्रकाशित : चैत्र ५, २०७३ १३:२६

प्रतिक्रिया
पठाउनुहोस्