यस्तो छ डीपीएलका लागि मैदान तयारी [तस्बिरहरु]

शब्द/तस्बिर : अंगद ढकाल

काठमाडौं — ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग’(डीपीएल) यही चैत २७ देखि वैशाख ९ सम्म धनगढीमा हुँदैछ । डीसीए र सुदूरपश्चिम एकेडेमी (एसपीए) को संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । आयोजकका अनुसार डीपीएल नेपाली क्रिकेटकै सर्बाधिक २८ लाख ५० हजार रुपैयाँ पुरस्कारको प्रतियोगिता हो ।

‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग’(डीपीएल) यही चैत २७ देखि वैशाख ९ सम्म धनगढीमा हुँदैछ । डीसीए र सुदूरपश्चिम एकेडेमी (एसपीए) को संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । आयोजकका अनुसार  डीपीएल नेपाली क्रिकेटकै सर्बाधिक २८ लाख ५० हजार रुपैयाँ पुरस्कारको प्रतियोगिता हो । यसमा सीवाईसी अत्तरिया, विराटनगर किङ्स, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोनिक र टिम चौराहा धनगढीले प्रतिस्पर्धा गर्नेछन् ।

पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, सन्दीप लामिछानेलगायत राष्ट्रिय टिमका सबै सदस्यसहित ९० खेलाडी लिलामी (अक्सन) मार्फत् डीपीएलका विभिन्न टिमले लिइसकेका छन् । प्रतियोगिता सुरु हुन दुई दिनमात्रै बाँकी रहँदा किक्रेट मैदानको तयारी अन्तिम चरणमा पुर्‍याइएको छ । 

प्रकाशित : चैत्र २५, २०७३ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्