कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

दुई वर्षदेखि अस्थायी टेन्टमै जिल्ला अस्पताल

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — भुकम्प गएको दुई वर्ष वित्न लाग्दा समेत रसुवा जिल्लाको जिल्ला अस्पताल अस्थायी टेन्टकै भरमा संचालन भइरहेको छ । भूकम्प पछि तत्कालै क्यानेडीयन रेकक्रसले निर्माण गरेको अस्थायी टेन्टकै भरमा अझै पनि जिल्ला अस्पताल सञ्चालन हुँदै आएको छ ।

भुकम्प गएको दुई वर्ष वित्न लाग्दा समेत रसुवा जिल्लाको जिल्ला अस्पताल अस्थायी टेन्टकै भरमा संचालन भइरहेको छ ।

भूकम्प पछि तत्कालै क्यानेडीयन रेकक्रसले निर्माण गरेको अस्थायी टेन्टकै भरमा अझै पनि जिल्ला अस्पताल सञ्चालन हुँदै आएको छ । स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्र दुई वर्षदेखि टेन्टकै भरमा सञ्चालन हुादा बिरामीले अनेक सास्ती भोग्नु परेको छ । टेन्टबाट उपचार गराउादा अस्पतालमा भर्ना हुन आउने सुत्केरी महिला, बालबालिका तथा बृद्धबृद्धा बढि प्रभावित हुने गरेको जिल्ला स्वास्थ्य प्रमुख डा. झलक शर्मा गौतमले बताए ।

२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले १५ शैया रहेको जिल्ला अस्पताल पूर्ण रुपमा क्षति भएको थियो । भवन अभावको कारण कुन सामाग्री कता छ भनेर भेटाउनै मुस्किल हुने गरेको छ । जटिल अबस्थाका बिरामीलाई उपचार गराउने ठाउाको समेत अभाव छ । अस्पतालको बैकल्पिक व्यवस्था नहुदाा दैनिक जसो उचार लिन आउने र दिने दुवैले सास्ती भोग्नुपरेको उपचारमा संग्लग्न स्वास्थ्यकर्मीहरु बताउाछन् । अहिले क्यानेडीयन रेकक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्र सोसाइटी मार्फत प्रिफ्याब भवन निर्माण कार्य भइरहेको छ ।

प्रकाशित : चैत्र २९, २०७३ १३:४८

प्रतिक्रिया
पठाउनुहोस्