३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

[फोटोफिचर] मध्यपुरथिमिमा मनाइयाे सिन्दुर जात्रा

शब्द : लिला श्रेष्ठ, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौं — मध्यपुरथिमि नगरमा मनाइने बिस्केट जात्रा अन्तर्गत ३२ खटसहितको सिन्दुर जात्रा अर्थात सुथ: सिया जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिवासीले प्रत्येक वर्ष वैशाख २ मा विभिन्न देवी–देवताको ३२ वटा खटसहितको सिन्दुर जात्रा मनाउने परम्परा छ । केही वर्षअघि सम्म ३२ खट नगरपरिक्रमा गराउने भने पनि यस वर्ष २६ वटामात्र रहेको स्थानीयले जनाएका छन् ।

मध्यपुरथिमि नगरमा मनाइने बिस्केट जात्रा अन्तर्गत ३२ खटसहितको सिन्दुर जात्रा अर्थात सुथ: सिया जात्रा मनाइएको छ ।

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिवासीले प्रत्येक वर्ष वैशाख २ मा विभिन्न देवी–देवताको ३२ वटा खटसहितको सिन्दुर जात्रा मनाउने परम्परा छ । केही वर्षअघि सम्म ३२ खट नगरपरिक्रमा गराउने भने पनि यस वर्ष २६ वटामात्र रहेको स्थानीयले जनाएका छन् ।

सिन्दुर जात्रामा बालकुमारी, कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ ।

सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ । जात्रा सुरु भएपछि हातहातमा चिराग अर्थात् बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइन्छ ।

जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै बाजागाजासहित बिस्केट जात्रा मनाइएको छ ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली अबिर जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर छर्ने, फूल बसाएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा अबिर दलेर नगरपरिक्रमा गर्ने परम्परा छ ।

परम्परा अनुसार नै देवता लायू दरबार भित्र पस्न नपाउन भनेर लायकू प्रवेश द्धारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा रहेको छ । सूर्यविनायक नगरपालिका कटुञ्जे स्थित भैरवको खटसहितको जात्रा मनाइएको छ ।






















प्रकाशित : वैशाख २, २०७४ २०:२६

प्रतिक्रिया
पठाउनुहोस्