१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कृषिकर्ममा पूर्वेली सान [फोटोफिचर]

माधव घिमिरे

विराटनगर — पूर्वी पहाडी जिल्ला किसानको मिहेनतले भएको उन्नतिका कारण अग्रणी छन् । कृषि कर्मबाट यस क्षेत्रका किसानले उल्लेख्य रूपमा नगद भित्र्याउने गरेका छन् । परम्परागत खेती प्रविधिबाटै भइरहेको कृषि कर्मलाई आधुनिक प्रविधियुक्त बनाएर अझ बढी लाभ लिन सकिने अवस्था भए पनि यसतर्फ ठोस काम हुन नसक्दा सोजेजति उपलब्धि भने लिन सकिएको छैन ।

पूर्वका जिल्लामा चिया, अलैंची, अदुवा, दूध, तरकारी, रुद्राक्ष, कुचो, फलफूल, धान, जडिबुटी, मसला बालीजस्ता कृषिजन्य वस्तु उत्पादन हुने उर्वरभूमि छ । भण्डारण, प्रशोधन र बजार पहुँचमा सरकारी निकायले ठोस काम नगरेकाले व्यापारीको मौखिक मूल्यका भरमा किसानले आफ्ना उत्पादन कम मूल्यमा बेच्नुपरेको अवस्था छ । इलाम इरौंटारमै मात्र कुचो (अम्लिसो)बाट प्रत्येक किसानले वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्छन् । पूर्वी पहाडको अर्को महत्त्वपूर्ण नगदेबाली अलैंचीबाट वर्षेनी करोडौं रकम भित्रने गरेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकमा गत आर्थिक वर्षमा १२ अर्ब १३ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कृषि उपज निकासी भएको थियो । चिया, अलैंची, जडिबुटी, अदुवा, तरकारी, आलु, दूधजन्य पदार्थ, फलफूल, चौपाया, तिनको मासुजस्ता वस्तु निर्यात गरेर त्यति आम्दानी भएको हो ।

प्रकाशित : वैशाख ६, २०७४ १२:५९

प्रतिक्रिया
पठाउनुहोस्