बुद्धजयन्तीले लुम्बिनीमा घुइँचो [फोटोफिचर]

मनोज पौडेल

कपिलवस्तु — चिटिक्क सिँगारिएको लुम्बिनीमा बुधबार विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाइएको छ । २५६१ औं बुद्धजयन्तीमा यहाँ निक्कै भीडभाड छ । स्वदेशी विदेशी पर्यटकले लुम्बिनी भरिभराउ छ । कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दकिशोर पुन रहेका छन् । विहानैदेखि मायादेवी दर्शन गर्नेको घुइँचो छ । बुधबार भएको बुद्धजयन्तीमा गरिएको विभिन्न कार्यक्रमको फोटोफिचर ।

 

प्रकाशित : वैशाख २७, २०७४ १२:५९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दोलखा घटनामा स‌ंलग्नलाई तुरुन्त कारबाही गर्न एमालेको माग

काठमाडौं — नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनका सिलसिलामा दोलखाको गौरीशङ्कर गाउँपालिका २ मा नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताको आक्रमणबाट आफ्ना कार्यकर्ता कुलबहादुर तामाङको निधन भएकामा निन्दा गरेको छ ।

गौरीशङ्कर १ मा पार्टीका तर्फबाट वडा सदस्यका उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुरसहितले जुगुस्थित नीलकण्ठेश्वर मावि नजिकै होटलमा खाना खाइरहेको बेला माओवादी कोन्द्रका कार्यकर्ताको आक्रमणका कारण निधन भएको आरोप लगाउँदै सो दलले बुधबार एक विज्ञप्ति जारी गर्दै सो घटनाको निन्दा गरेको हो । पार्टीका पूर्व गाउँ कमिटी सचिव दिलबहादुर बुढाथोकीलाई घरमै पुगेर आक्रमण गर्दा उनी गम्भीर घाइते भएको आरोप पनि विज्ञप्तिमा लगाइएको छ ।

एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गगरेको विज्ञप्तिमा ती घटनामा संलग्न सबैलाई तुरुन्त गिरफ्तार गरी कारबाही चलाउन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरिएको छ । रासस

प्रकाशित : वैशाख २७, २०७४ १२:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT