१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बनै खायो डढेलोले... [फोटोफिचर]

शब्द/तस्बिर : हरिहरसिंह राठौर

काठमाडौं — रसुवाको चिलिमे जलविद्युत् आयोजना नजिकै गोल्जुङ र गत्लाङ, घले र तामाङ समुदायको बाक्लो बस्ती । २६ सय मिटर उचाईमा रहेको सबै एकै स्थानमा गुजुमुज्ज परेका बस्तीमा परम्परागत शैलीका काठका फ्लैकले छाएका घरहरु । तर, भूकम्पपछि रंगीन जस्तापाताको प्रयोग गरेर रंगी विरंगी देखिने । उक्तबस्ती रसुवाको सुन्दर बस्तीमध्ये पर्ने भएकोले होमस्टेहरु पनि सञ्चालनमा छन् । पर्यटकहरु पनि आइरहन्छ्न् ।

लाङटाङदेखि गोरखाको मनास्लु पर्यटकीय क्षेत्र पुग्न गत्लाङ हुँदै ३८ सय मिटर उचाईको खुर्पु भन्ज्याङ पार गरी धादिङको सोमदाङ–पाङसाङ–तिप्लिङ–लापा बस्ती पार गर्नु पर्छ । मनास्लु जाने पर्यटकहरुले गणेश हिमालको फेदीमा रहेको जस्ताखानी पुग्न नेपाली सेनाले २०४४ सालमा निर्माण गरेको सडक हुँदै गत्लाङको उकालो चढ्दा करिब ३ वर्ग किलोमिटर जंगलमा रहेका वर्ष पुराना गोव्रेसल्लाका अजंगका रुखहरु आगोले डढेर काला भएका, कोही ढलेका जो कोहीले देख्न सक्छिन् । डढेलोले निवास गरेको कहालीलाग्दो अवस्था देख्दा जो कोही जिब्रो टोक्छन् ।

गत ६ वर्षअघि छिमेकी गाविस ग्राङ्गबाट आएको डढेलोले उक्त जंगल सखाप भएको स्थानीयवासीहरु भनाइ छ । डढेलोले गोब्रेसल्लाका को जंगलमात्रै सखाप पारेन बाक्लो लालीगुराँसको जंगल समेत सखाप पारेको थियो । उक्त डढेलाले रैथाने वन सखापमात्रै पारेन उक्त डढेलो लागेको जग्गामा हालसम्म अरु बोट बिरुवा समेत उम्रन पाएका छैनन् । भारतीय नाकाबन्दीको बेला सबै सुकेका रुखहरु दाउरा गराएर काठमाडौं लैजाने चर्चामात्रै चल्यो तर लिइएन । हरेक वर्ष सुकेका रुखहरु ढलेर, सडेर जान थालेका छन् । ठुला रुखहरु सडेर ढल्न थाले पछि भाउवस्तु चराउन जानेहरु पनि खतरामा परेका छन् । डढेलो लागेको मलिलो माटोमा उम्रेका खर चरनका रुपमा प्रयोग गर्न पनि कठिन छ, रुख ढलेर मानव तथा पशुवस्तुकै ज्यान गएको छ ।

प्रकाशित : श्रावण १५, २०७४ १५:२४

प्रतिक्रिया
पठाउनुहोस्