जब काठमाडौं विश्वविद्यालयमा बाढी पस्यो... [फोटोफिचर ]

मनिष गौतम

काठमाडौं — सबैभन्दा ठूलो क्षति ललितकला विभागले झेल्न परेको छ जहाँ दशक बढी समय खर्चेर जम्मा गरेका दुर्लभ र मूल्यवान पुस्तकहरु पानीले नस्ट पारेको छ ।

काठमाडौं विश्वविद्यालय (केयु) स्कुल अफ आट्र्स र स्कुल अफ एजुकेसनमा शनिवार दिनभरको बर्षासँगै आएको बाढीले झण्डै ३ करोड रुपियाँ लागतको क्षति पुर्‍याएको छ । हात्तिवन, ललितपुरस्थित विश्वविद्यालयको हाताभित्र पानीको भेल छिरेपछि उक्त क्षति हुन पुगेको हो ।

भुईंतलाका सबै कक्षाकोठाहरु, हलमा पानी छिरेपछि विश्वविद्यालयले एक साताका लागि विदा दिने निर्णय गरेको छ । केयुका कार्यबाहक डिन सागरराज शर्माका अनुसार डा शर्माका अनुसार ४५ मिनेटबिचमै नार्कको हात्तिवनस्थित आलुबारीबाट आएको पानीले विश्वविद्यालय हाता डुबाएको थियो ।

“हाम्रो मिडिया ल्याब पूर्णरुपमा क्षतिग्रस्त छ । टेलिभिजन र रेडियो सामाग्री निर्माण गरिने ध्वनिक मिडिया ल्याब झण्डै ४५ लाख खर्चेर निर्माण गरिएको थियो,” डा. शर्माले भने, “हामीले क्षति पुगेका यी पुर्वाधारको आवश्यक मर्मत र सुधार गरेर कक्षाहरु अर्को आइतबारबाट सुरु गर्ने योजनामा छौं ।”

विश्वविद्यालयको भुईंतलामा केही विद्यार्थीहरु स्वयं जुटेर क्षति पुगेका पुस्तक, कम्प्युटर र अन्य उपकरणहरु जोखाउने प्रयासमा थिए । ललितकला विभाग २०७२ को भुकम्पले पहिल्यै क्षति झेलेको थियो र प्रिफ्याब्रीकेटेड संरचनाबाट चलिरहेको थियो । उसको पुस्तकालय आइतबार क्षति झेलेको समेत त्यही संरचनामा थियो ।

शनिबारदेखि उर्लेको कर्मनशा नदिको भेल सडकसम्म आइपुगेपछि विश्वविद्यालय समेतले यस्तो हविगत झेल्न परेको थियो । केयुका एक कर्मचारी पदम कार्कीले भने, “आलुबारी पनि भरिएपछि हेर्दाहेर्दै केही उपाय नै लगाउन नसकिनेगरी क्षणभरमै पूरै विश्वविद्यालय हाता पानीमा डुब्यो ।”

स्कुल अफ आट्सले अर्थशास्त्र, सामाजिक विकास र मिडिया अध्ययनमा स्नातकका कक्षाहरु र डेभलपमेन्ट स्टडिज एण्ड ह्युमन एण्ड नेचुरल रिसोर्सेज स्टडिजका कक्षाहरु हात्तिवनबाट सञ्चालन गरिराखेको थियो । स्कुल अफ एजुकेसनले आफ्नो दिगो विकासमा स्नातकोत्तर कार्यक्रम र एमफिल र पीएचडी कार्यक्रमहरु संचालन गरिराखेको छ ।

तस्बिरहरु : केशव थापा/ सुजान श्रेष्ठ

प्रकाशित : श्रावण २९, २०७४ २०:३४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नयाँ मतपत्र छाप्न राजपाको माग

कान्तिपुर संवाददाता

काठमाडौं — राष्ट्रिय जनता पार्टी (राजपा) ले प्राविधिक र कानुनी रूपमा छाता चुनाव चिह्न नपाउने भएपछि पार्टी एकीकरण हुनुअघिका ५ दलमध्ये एउटाको चुनाव चिह्न लिने भएको छ । तर, त्यसका लागि नयाँ मतपत्र छाप्नुपर्ने उसको सर्त छ ।

राजपाका नेताहरूले आयोगद्वारा यसअघि छापिसकिएका मतपत्रमा ६ वटै दलको चुनाव चिह्न समावेश भएकाले त्यसले मतदातामा अन्योल हुने उल्लेख गर्दै नयाँ छाप्नुपर्ने सर्त राखेका हुन् । ्

चुनाव चिह्नबारे राजपाका नेताहरूले आइतबार बालुवाटारमा सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रका नेतासँग छलफल गरेका थिए । दुवै दल राजपालाई सहज हुने गरी चुनाव चिह्न मिलाउनेबारे सकारात्मक देखिएका छन् ।
‘अहिले छापिएका मतपत्रमा ६ वटै दलको चुनाव चिह्न समावेश छ । यसले मतदातामा अन्योल खडा गर्छ,’ राजपा नेता केशव झाले भने, ‘त्यसैले पनि नयाँ मतपत्र छाप्नुपर्छ भन्ने हाम्रो जोड हो ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकबाटै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अधिकारीसित मतपत्र छाप्न लाग्ने समयका बारेमा बुझेका थिए ।

नयाँ मतपत्र छाप्न सकिने भएपछि सरकारले त्यसैअनुसार अघि बढ्न निर्वाचन आयोगलाई सुझाव दिएको छ । आयोगले भने नयाँ मतपत्र छाप्न नसकिने भन्दै आएको छ । ६ राजनीतिक दलमध्ये मतपत्रमा कुनको चुनाव चिह्न समावेश गर्ने भन्नेमा राजपाभित्रै तानातान सुरु भएको छ ।

प्रकाशित : श्रावण २९, २०७४ २०:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT