कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पोखरामा ट्होटें पर्व

शब्द/तस्बिर : लालप्रसाद शर्मा

पोखरा — गुरुङ समुदायको परम्परागत, मौलिक सांस्कृतिक ट्होटें पर्व मंगलबार पोखरामा मनाइयो । प्रत्येक साउन र चैतको अन्तिम मंगलबार सामूहिक रुपमा यो पर्व मनाइन्छ । ट्हो भनेको गाउँबस्ती तथा राज्य भन्ने बुझिन्छ भने टेंले गाउँबस्ती तथा राज्यबाट बैरी (शत्रु) धपाउने भन्ने हुन्छ । यस अवसरमा तमु धिं नेपालको आयोजनामा मंगलबार पोखरामा झाँकी, बाजागाजासहितको र्‍यालीसहित यो पर्व मनाइयो ।

गुरुङ समुदायको परम्परागत, मौलिक सांस्कृतिक ट्होटें पर्व मंगलबार पोखरामा मनाइयो । प्रत्येक साउन र चैतको अन्तिम मंगलबार सामूहिक रुपमा यो पर्व मनाइन्छ ।

ट्हो भनेको गाउँबस्ती तथा राज्य भन्ने बुझिन्छ भने टेंले गाउँबस्ती तथा राज्यबाट बैरी (शत्रु) धपाउने भन्ने हुन्छ । यस अवसरमा तमु धिं नेपालको आयोजनामा मंगलबार पोखरामा झाँकी, बाजागाजासहितको र्‍यालीसहित यो पर्व मनाइयो ।

पोखरा क्षेत्रबाट शत्रु, असमनता, भ्रष्ट्राचार, विभेद र अन्यायको अन्त्यका लागि भन्दै तमु धिंले पर्व मनाएको हो । यसअघि भने चैत महिनामा हावाहुरी चल्ने र पात झर्ने हुँदा मानिस शिथिल तथा बिरामी पर्ने र साउनमा खोलानाला बढ्ने, मान्छे र बस्तुभाउ बगाउने, कुहिनेसंगै विभिन्न रोग फैलने भएकाले त्यसबाट मुक्ति पाउन परम्परागत रुपमा ट्होटें मनाइने गरिएको थियो ।

आफ्नै जातीय पहिरन, जोगी तथा झाँक्रीको भेषमा हातमा तरबार, लठ्ठी धनुष–वाण र झार बोकेर, मुखभरी कालो पोतेर युवाहरु भोटो कछाडमा निकिएका थिए । युवतीहरु गुन्युचोली, पटुकी र चुरापोतेले सजिएर र्‍यालीमा सहभागी भएका थिए । संस्कृती बिर्सन हुँदैन भनेर बढी भन्दा बढी तन्नेरीहरुलाई ट्होटेंमा सहभागी गराइन्छ ।

टुँडिखेलबाट निस्किएको र्‍याली सहरका विभिन्न स्थान परिक्रमा गरी नयाँबजारस्थित तमु धिंको कार्यालयमा पुगेर टुंगिएको थियो । र्‍यालीपछिको कार्यक्रमलाई उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले सम्बोधन गरेका थिए ।










प्रकाशित : श्रावण ३१, २०७४ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्