मतदाता रिझाउन उम्मेदवारी दर्ताकै दिन भोज ! [फोटोफिचर]

दीपेन्द्र बडुवाल

रौतहट — जिल्लामा स्थानीय चुनावको रौनक सुरु भएसँगै कार्यकर्ता आकर्षित गरेर शक्ति प्रदर्शन गर्ने होड सुरु भएको छ । बुधबार यहाँका १६ नगरपालिका र २ गाउँपालिकामा उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । लगत्तै जिल्लाभर चुनावी चहलपहल बढेको छ ।

यहाँ चोक चोकमा कार्यकर्ता भेला भएर प्रचारका कार्यक्रम गरे । मतदाता आकर्षित गर्न नाचगानदेखि खानपानको व्यवस्था गरिएको पाइन्छ । बुधबार चन्द्रपुर–गौर सडकखण्डअन्तर्गत हर्साहा चोकमा एमालेबाट बृन्दावन नगरपालिकामा मेयरका प्रत्यासी विनोद पटेलले भोज आयोजना गरेका थिए । भोजमा सयौं कार्यकर्ता सहभागी थिए । त्यहाँ माछाको झोल र भातको व्यवस्था थियो । कार्यकर्ताका लागि आकर्षक मेस चलाइएको थियो । कार्यकर्ताले खाना खाएपछि थाल असरल्ल छाडेका थिए । गाउँ गाउँबाट आएका कार्यकर्ता खाना खाँदै र्‍यालीमा सहभागी भइरहेका थिए । स्थानीयका अनुसार धेरै उम्मेदवारले कार्यकर्ताका लागि यस्ता भोज आयोजना गरेका थिए ।

 

प्रकाशित : भाद्र २१, २०७४ १९:११
प्रतिक्रिया
पठाउनुहोस्

प्रशासकीय अदालतको काम अधूरो र अपूरो : प्रधानन्यायाधीश

काठमाडौं — प्रधानन्यायाशीध गोपाल पराजुलीले प्रशासकीय अदालतको क्षेत्राधिकार अपूरो भएको बताएका छन् । प्रशासकीय अदालतको वार्षिकोत्सवका अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रममा उनले प्रशासकीय अदालतले अहिले पाएको क्षेत्राधिकार संकुचित भएको भन्दै क्षेत्राधिकार बढाउनुपर्नेमा जोड दिए ।

प्रधानन्यायाशीध गोपाल पराजुलीले प्रशासकीय अदालतको क्षेत्राधिकार अपूरो भएको बताएका छन् ।

प्रशासकीय अदालतको वार्षिकोत्सवका अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रममा उनले प्रशासकीय अदालतले अहिले पाएको क्षेत्राधिकार संकुचित भएको भन्दै क्षेत्राधिकार बढाउनुपर्नेमा जोड दिए । 'हामीले चाहेजस्तो प्रशासकीय कर्मचारीले बुझेजस्तो प्रशासकीय अदालत भएन'–उनले भने, 'अदालत अधूरो, अपूरो भयो । कर्मचारीको ५० रुपियाँको ग्रेडवृद्धिको मुद्दापनि सर्वोच्चले हेर्नुपरेको छ । त्यसैले सुधार गर्न आवश्यक छ' प्रशासकीय अदालतको क्षेत्राधिकार बढाइनुपर्ने उनको भनाइ थियो ।

उनले सर्वोच्च अदालतले असाधारण क्षेत्राधिकार प्रयोग गर्दै निजामती कर्मचारीका सरुवा, बढुवा र विवादसम्बन्धी मुद्दा हेरिरहेको बताए ।

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले प्रशासकीय अदालतलाई सक्षम र सबल बनाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले सर्वोच्चबाट मुद्दाको चाप घट्ने गरी प्रशासकीय अदालतको विकास गरिने उल्लेख गरे ।

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले प्रशासकीय अदालतको क्षेत्राधिकार बढाएर सक्षम बनाइनु पर्ने धारणा राखे ।

कार्यक्रममा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले अदालतका कामकारबाहीलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस

प्रकाशित : भाद्र २१, २०७४ १९:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्