कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

यसरी पिए महिलाले 'जाँड'

इन्द्रजात्रा मनाइँदै
कान्तिपुर संवाददाता

काठमाडौं — इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउँछन् ।यसलाई येँया पुन्हि पनि भनिन्छ।

तस्बिर:एलिट जोशी

इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउँछन् । यसलाई यञ्या पुन्हि पनि भनिन्छ।

उपत्यकामा आठ दिनसम्म इन्द्र जात्रा मनाइन्छ । भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वजपतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ। यी ८ दिनमध्ये १ दिन हनुमानढोकामा रहेको श्वेत भैरव (हाथा द्यः) को मुखबाट निस्कने प्रसाद महिलालाई मात्रै खुवाइन्छ । प्रसादको रुपमा कथःथ्व (जाँड) खुवाउने चलन छ । प्रसाद खान चाहने महिलाहरु लाइन लाग्नु पर्छ । प्रसाद रातको समय खुवाइन्छ ।

बिहीबार राति पनि प्रसाद खान सैयौं महिलाहनुमानढोकामा उपस्थित भएका थिए । उनीहरु प्रसाद खान तँछाडमछाड गरिरहेका थिए । श्वेत भैरवको मूर्तिको मुखमा जोडिएको पाइपबाट प्रसाद बाँडिएको थियो ।

प्रकाशित : भाद्र २३, २०७४ १४:०९

प्रतिक्रिया
पठाउनुहोस्