काठमाडौंमा दुख्ने म्यानमारको घाउ [फोटोफिचर]

गगन थापा

म्यानमारमा रोहिंगा मुस्लिम र सरकारी सेनाबीचको तनाव झनै चर्किएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सेनाको दमनका कारण ४ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

दुई सातायता मात्र १ लाख २० हजारभन्दा बढी विस्थापित भइसकेका छन् । यसरी विस्थापित हुने क्रम पाँच वर्षअघि सुरु भएको हो । त्यहाँबाट विस्थापित हुनेहरू बंगलादेश र भारत भएर नेपालसम्म पनि आइपुगेका छन् । राजधानीमा अहिले करिब ३ सय म्यानमारी शरणार्थी छन् । बर्मा छोड्दा पनि कर्मसँगै छ यी बर्मेलीहरूको । आफ्नो ज्यान जोगाएर नेपाल पसेका यिनीहरूलाई वियोगले पछ्याउन छाडेको छैन । यी तस्बिरहरूमा यिनै कथा समेटिइएका छन् । यिनीहरू काठमाडौंको कपनमा भाडामा निजी शिविर खडा गरेर बसेका छन् । अनौपचारिक स्कुल चलाएका छन् जहाँ उर्दू र कुरानको पढाइ हुन्छ । बंगलादेश र भारतको तुलनामा उनीहरूलाई नेपाल सुरक्षित लाग्छ । तर चिन्ता म्यानमारको छ अनि आफ्नै पनि । किनकि भोलि उठी कहाँ जाने केही थाहा छैन ? 

 

मोहम्मद सलिम । उनी २ वर्षअघि काठमाडौं आइपुगेका हुन् । उनको परिवारका ७ जनाको गत अगस्ट २६ मा म्यानमारमा हत्या भएको उनले बताए । उनले देखाएको यस तस्बिरमा भएकामध्ये आफू र आफ्नी श्रीमती मात्र जीवित रहेको उनको भनाइ थियो ।

प्रकाशित : भाद्र २४, २०७४ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्

भूकम्पपीडितको व्यथा : ‘दसैं दशा बन्लाजस्तो छ’

कान्तिपुर संवाददाता

रसुवा — हाकु र डाँडागाउँबाट विस्थापित ६ सय भूकम्पपीडित बिचल्लीमा छन् । थातथलोमा पहिरो नरोकिएपछि विस्थापित भएकाहरू उत्तरगया गाउँपालिकाको बोगटीटार र नौबिसेमा बस्दै आएका छन् ।

उनीहरू जमिन भाडामा लिएर बसिरहेका छन् । जग्गाधनीले ठाउँ छाड्न ताकेता गरिरहेको र गाउँ फर्कन नसक्ने अवस्था भएकाले निकै समस्यामा परेको पीडितको गुनासो छ । २८ महिनादेखि उनीहरू यसरी अरूको जग्गामा बसिरहेका हुन् । ‘थातथलो भूकम्पले बस्नै नहुने अवस्थामा छ,’ पीडित छेकु लामाले भने, ‘भाडाको जग्गावालले दसैंअघि नै हट्न भनेको छ । दसैंको मुखमै बिचल्लीमा परिने भैयो,’ लामो समय बितिसक्दा पनि पुन:स्थापनामा सरकारले चासो नदिएको उनले बताए । जग्गा चर्चेको ७ लाख ३१ हजार भाडा तिर्न बाँकी छ । 

पीडित पूर्ण तामाङले एकीकृत बस्ती बनाएर राख्ने आश्वासन पटक–पटक पाए पनि पूरा नभएको बताए । आयआर्जनको उपाय छैन । ज्येष्ठ नगारिक, बालबालिका र महिलाहरूको जीविकोपार्जनमा बढी समस्या परेको छ । ‘दसैं लाग्यो, परिवारलाई एक छाक मीठो खुवाउने उपाय छैन । हाम्रो लागि दसैं दशा बन्नाजस्तो छ,’ उनले भने । 

साबिकको हाकु ९, मैलुङ बेंसी र ठूलोगाउँस्थित लयुङका सबै बस्ती तथा तिरुका ७ धुरी सार्नुपर्ने देखिएको छ । गाउँमा मान्छे नभएकाले कसको घर कति जोखिममा छ त्यो छुट्याउन कठिन भएको उनको भनाइ छ । खाल्डेमा एकीकृत बस्ती बनाउने भनिए पनि त्यो ठाउँ पनि सुरक्षित छैन । 

प्रकाशित : भाद्र २४, २०७४ ११:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्