कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टिकट बुकिङ खुला, बसपार्कमा सर्वसाधरणको चाप [फोटोफिचर]

कान्तिपुर संवाददाता

काठमाडौं — यातायात व्यवसायीले मंगलबारदेखि दसैंको लागि टिकट बुकिङ खुला गरेका छन् । अग्रिम टिकट बुकिङ खुला भएपछि दसैंका लागि काठमाडौंबाट घर फर्कने सर्वसाधारणको बसपार्कहरुमा बिहानैदेखि भीड लागेको छ । टिकट पाइसकेपछि यात्रुहरु खुसी देखिन्थे भने केही लामो लाइनमा बस्नु परेको दिक्क मानिरहेका थिए ।

बढी भाडा लिन पाउने र हुटमा यात्रु राख्न पाउने आफ्नो माग सरकारले पूरा गर्ने भएपछि दुई दिनअघि टिकट बुकिङ गर्न व्यवसायी सहमत भएका थिए । आफ्नो माग पूरा नभएको भन्दै यातायात व्यवसायीले ढिला गरी टिकट बुकिङ खोलेका हुन् । नयाँ बसपार्कमा कविन अधिकारीले लिएका तस्बिरहरु :

प्रकाशित : भाद्र २७, २०७४ १२:२०

प्रतिक्रिया
पठाउनुहोस्