१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

१५ तस्बिरमा हेर्नुहोस्, रुकुमको मनोरम दृश्य

हरि गौतम

रुकुम — पश्चिम रुकुमको सदरमुकाम मुसीकोटदेखि पूर्वी रुकुमकोट संभावित सदरमुकाम रुकुमकोटसम्म ४० किलोमिटर सडक छ । मुसीकोटदेखि रुकुमकोट नपुगेसम्म पूरै मध्यपहाडी लोकमार्गमै हिँड्नुपर्छ । केही वर्षअघि ट्रयाक खोलिएको यो सडकको केही भाग स्तरोन्नतीको क्रममा छ भने केही भाग ट्रयाकमै सीमित छ ।

वर्षामा पहिरो झरेको तथा खोलामा पानी बढेका कारण असजिलो यात्रा हुने यो सडकमा केही दिनदेखि यात्रा सजिलो भएको छ । वर्षा कम हुन थालेदेखि हिलाम्य सडक पनि सुक्दै गएको छ ।

मुसीकोट नगरपालिका र पूर्वी रुकुमको सिस्ने गाउँपालिकाको भूभागमा मात्रै यो सडक पर्दछ । सडक तलमाथि जंगल र केही ठाउँमा बस्ती रहेको छ । सदाझैं उक्त सडकमा यात्रा गर्ने जोकोहीको मन पनि फुरुङ्ग हुन्छ भने दसै‌को मौसममा झन् सडक तलमाथिको वातावरण गज्जबको देखिन्छ । सडक तलमाथि देखिने जंगल, डाँडाकाँडाले जोकोहीको मन लोभ्याउँछ । त्यससँगै सडक तलमाथिका स-साना बारी र परम्परागत घर, खोलानाला पनि उक्त सडकका हेर्न लायकका दृश्य हुन् । तस्बिरमा हेर्नुहोस् मुसीकोटदेखि रुकुमकोट सम्मको सडकमा यात्रा गर्दा देखिने मनोरम दृश्य । 

प्रकाशित : भाद्र २८, २०७४ १४:३२

प्रतिक्रिया
पठाउनुहोस्