फोटोफिचर
भाद्र ३१, २०७४

लेकका हामी गोठाला

वर्षको कम्ती पनि साता दिन लेकाली खर्कमा नबिताउँदा मलाई के–के नपुगेजस्तो लाग्छ । फिक्कापन महसुस गर्छु । कुनै न कुनै फुर्सदको मौका पारी खर्कहरू घुम्ने मेरो उत्कट रहर पछिल्ला वर्षहरूमा झन् चुलिँदो छ ।

भाद्र ३०, २०७४

मतपत्र पुग्यो मतदान केन्द्रमा

असोज २ गते हुने चुनावको लागि मतदान केन्द्रमा कर्मचारी व्यवस्थापन भद्रगोल देखिएको छ । व्यवस्थापन गर्न धौंधौं परिरहेको छ । २ उपमहानगर, पाँच नगरपालिका र ९ गाउँपालिकामा १ सय ६७ वडामा ४ सय ५८ मतदान केन्द्रको लागि झन्डै तीन हजार कर्मचारीको व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ ।

भाद्र २९, २०७४

भारतीय सीमावर्ती गाउँमा यसरी भइरहेछ चुनाव प्रचार

भारतीय सीमावर्ती दशगजासित जोडिएका बाराको गाउँहरु छतवा, विश्रामपुर, मुसहर्वा, मटिअर्वा, बलिरामपुरलगायतका क्षेत्रमा राजनीतिक दलहरुले चुनावको प्रचार तीब्र बनाएका छन् ।

'भगवान' बनाउने कृष्णदयाल

हिन्दू धर्मावलम्बीकाे पर्व दसैंतिहार जतिजति नजिकिँदै जान्छ, उती कृष्णदयाल ठाकुर व्यस्त बन्दै जान्छन् । रातदिन उनी माटोका विभिन्न आकृतिहरुलाई ‘भगवान’ बनाउने काममा खटिन्छन् । उनी अहिले कपिलवस्तु नगरपालिका-१ को व्यस्त चोक बजारमा पालले ढाकेर भगवानका मूर्ति बनाइरहेका छन् । आफूले मात्रै नभ्याएर ५ जना कामदार पनि राखेका छन् । कामदार पनि दिनरात नभनी काममा व्यस्त छन् ।

भाद्र २८, २०७४

१५ तस्बिरमा हेर्नुहोस्, रुकुमको मनोरम दृश्य

पश्चिम रुकुमको सदरमुकाम मुसीकोटदेखि पूर्वी रुकुमकोट संभावित सदरमुकाम रुकुमकोटसम्म ४० किलोमिटर सडक छ । मुसीकोटदेखि रुकुमकोट नपुगेसम्म पूरै मध्यपहाडी लोकमार्गमै हिँड्नुपर्छ । केही वर्षअघि ट्रयाक खोलिएको यो सडकको केही भाग स्तरोन्नतीको क्रममा छ भने केही भाग ट्रयाकमै सीमित छ ।

भाद्र २७, २०७४
ADVERTISEMENT

सेनाको हेलिकप्टर ‘ड्रिल’ [फोटोहरु]

नेपाली सेनाले असोज ३ गते मनाइने संविधान दिवसको तयारी सुरु गरेको छ । संविधान दिवसको अवसरमा विशेष सैनिक कौशल प्रदर्शन गर्ने तयारीसहित सेनाले यस्तो अभ्यास थालेको हो ।

टिकट बुकिङ खुला, बसपार्कमा सर्वसाधरणको चाप [फोटोफिचर]

यातायात व्यवसायीले मंगलबारदेखि दसैंको लागि टिकट बुकिङ खुला गरेका छन् । अग्रिम टिकट बुकिङ खुला भएपछि दसैंका लागि काठमाडौंबाट घर फर्कने सर्वसाधारणको बसपार्कहरुमा बिहानैदेखि भीड लागेको छ । टिकट पाइसकेपछि यात्रुहरु खुसी देखिन्थे भने केही लामो लाइनमा बस्नु परेको दिक्क मानिरहेका थिए ।

भाद्र २६, २०७४

सिंहदरवारभित्रको पार्किङ झन् लथालिङ्ग (फोटोफिचर)

काठमाडौं त्यसै पनि अस्तव्यस्त सहर हो । रिङरोडभित्रको सवारी चाप र जथाभावी पार्किङले हिंडिनसक्नु भएको छ । काठमाडौंको बाहिरी वातावरणभन्दा केही शान्त रहेको सिंहदरवार पनि झन् लथालिङ्ग भएको छ ।

भाद्र २४, २०७४

फेसनमान्डुको क्याटवाक (फोटोफिचर)

शुक्रबार काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजित तेस्रो ‘फेसनमान्डु रन्वे शो’मा नेपाली र विदेशी मोडलको सहभागितामा सम्पन्न भयो । एफआरएस वर्ल्डको आयोजनामा भएको उक्त फेसन शोमा सिड्नी र नेपालका डिजाइनरहरूले बनाएका पहिरन प्रस्तुत गरिएको थियो ।

काठमाडौंमा दुख्ने म्यानमारको घाउ [फोटोफिचर]

म्यानमारमा रोहिंगा मुस्लिम र सरकारी सेनाबीचको तनाव झनै चर्किएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सेनाको दमनका कारण ४ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।