२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

राजधानीको शुन्य सडक (फोटो फिचर)

प्रहरीका अनुसार फूलपातीको दिनसम्मै स्थलमार्गबाट काठमाडौँ बाहिर जानेको संख्या १९ लाख
तस्बिर : अंगद ढकाल

काठमाडौं — काठमाडौंको सडक उसै भीड । झन् अफिस समयमा त कुरै नगरौं, आधा किलोमिटर छिचोल्न ठूलै महाभारत पर्छ । वर्षदिनभरी थामिनसक्नु भीड हुने काठमाडौं दसैंमा भने बेहुली अन्माएको घरजस्तै चकमन्न हुन्छ ।

यसपालि पनि काठमाडौँका मुख्य बजार र सडक प्रायस् सुनसान देखिएको छ ।

बडादशैँका अवसरमा बाहिर जानेको संख्या बढेपछि काठमाडौँ उपत्यकामा सवारीसाधनको आवागमन पातलो देखिएको छ । सडकमा फाट्टफुट्ट सवारीसाधन देखिन्छ भने पैदलयात्रुको चहलपहल पनि खासै छैन । सार्वजनिक सवारी कम चल्दा यात्रुलाई गन्तव्यमा पुग्न कठिनाइ देखिन्छ । प्रहरीका अनुसार फूलपातीको दिनसम्मै स्थलमार्गबाट काठमाडौँ बाहिर जानेको संख्या १९ लाख पुगेको थियो भने त्यो क्रम टीकाको दिनसम्म रहनेछ । 

काठमाडौँको मुटु मानिने असन, इन्द्रचोक र भोटाहिटी क्षेत्रमा भने किनमेल गर्नेको घुइँचो घटेको छैन । मांशहारीका लागि खसी बोका, कुखुरा, हाँस आदि खरिदका लागि आज बिहान प्रदर्शनीमार्ग र विभिन्न चोक तथा मासु पसलमा भीड देखिन्थ्यो । सहरका मुख्य बजारका पसल पनि बन्द प्रायः छन् । 

  प्रकाशित : आश्विन १३, २०७४ १५:२८

प्रतिक्रिया
पठाउनुहोस्