२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कन्याममा घोडचढीको मज्जा !

पर्वत पोर्तेल

कन्याम (इलाम) — दशैको घुमघाममा रहेका पूर्वका आन्तरिक पर्यटकको उत्कृष्ठ गन्तव्य हो, इलामको कन्याम । कन्याममा चिया बगानको सौन्दर्यता त छदैछ, संगै घोडचढीको मज्जा पनि लिन सकिन्छ । यतिवेला घोडचढीका लागि यहाँ पर्यटकको वाक्लो भीड लागेको छ ।

पूर्वको झापा, मोरङ, सुनसरीसंगै भारतको सिलिगुडी तथा कोलकातालगायतका क्षेत्रवाट समेत आन्तरिक र वाह्य पर्यटकको भीड छ यतिवेला कन्याममा । चिया वगानको सुन्दर दृश्यका साथै घोडाचढीका लागि पर्यटकहरु आउने गरेको घोडचढी व्यवसायी अक्कलवहादुर मगरले बताए । लोप हुदै गएको घोडा चढ्ने चलनलाई कन्यामका सिमित व्यवसायीले भने संरक्षण गरेर राखेका छन् ।

मगरले भने,‘दशैका कारण घोडा चढ्ने पर्यटक ह्वात्तै वढेका छन् ।’ उनका अनुसार कन्याममा हाल ४६ वटा घोडाले पर्यटकहरुलाई सेवा दिइरहेका छन् । ‘तीन चार दिनयता विहानैदेखि पर्यटकको ओइरो लाग्न थालेको छ’, मगरले भने,‘खाना खाने फुर्सद पनि छैन ।’

घोडची व्यवसायी ढिकबहादुर तामाङका अनुसार घोडचढी पर्यटनका लागि कन्याम उपयुक्त गन्तव्य भएपनि घोडा दौडाउने उपयुक्त स्थान नहुदा राजमार्गमै घोडा कुदाउनु पर्ने वाध्यता रहेको सुनाए । ‘घोडचढी व्यवसायका लागि मैदान आवश्यक पर्छ’, उनले भने,‘सम्वन्धित निकायको धेरै पटक ध्यानाकर्षण गर्दा पनि वेवास्ता गरे ।’ राजमार्गमै घोडामा राखेर पर्यटकलाई घुमाउदा दुर्घटनाको जोखिम पनि उत्तिकै देखिन्छ ।

प्रकाशित : आश्विन १६, २०७४ १६:२३

प्रतिक्रिया
पठाउनुहोस्