थारु गाउँमा यसरी मनाइयो दसैं

ठाकुरसिंह थारु

नेपालगन्ज — पश्चिम तराईका थारु समुदायले धुमधामका साग दसै मनाएका छन् । ढिक्ररहवा (अष्टमी) का दिन रातभरी नाचगान गरे । नवमीका दिन पुर्खालाई पित्तर दिए । महिला र पुरुष सँगसँगै नाचेर रमाए । खुसियालीमा रक्सीको छाक चलाइए ।

सखिया र हुरडुङ्गा नाचमा गाउँ रमाएको छ । महिलाहरु लेहङ्गा र चोलीमा सजिएर पुर्खाहरुको परम्परालाई निरन्तरता दिए । 

अष्टमीका दिन थारु परम्परा अनुसार कुल देउतालाई चामलको पीठो बनेको परिकार (ढिक्री) चढाए । त्यसैले उक्त दिनलाई ढिक्ररहवा भन्ने गरिन्छ ।

कुलदेउतालाई साँझ ढिक्री चढाएपछि रातभरी नाच गरेर रमाईलो गर्ने चलन छ । हुरडुङ्गा नाचमा पुरुषहरु महिलाको भेषमा नृत्य गर्छन् । बर्दियाको बढैया ताल गाउँपालिका ५ बढैयाका थारुहरु यसरी दसैं मनाए ।

 

प्रकाशित : आश्विन १६, २०७४ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्