कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

किसानले यसरी भित्र्याउँदै छन् धानबाली [फोटोफिचर]

कान्तिपुर संवाददाता

काठमाडौं — दसैं पर्व सकिनसक्दै किसानहरू धान भित्र्याउन लागिपरेका छन् । हिजोआज सहरी क्षेत्र र केही ग्रामीण भेगका किसानहरू धान थन्काउन व्यस्त हुन थालेका हुन् । अघिल्ला वर्षहरुमा असारमा मानो रोपेर मंसिरमा मुरी धान भित्र्याउने गर्दथ्यो ।

तर, पछिल्ला वर्षहरुमा जलवायु परिवर्तन र अगौटे धानबाली लगाउनाले किसानहरु असोज, कात्तिकमै धान काट्ने र भित्र्याउने गर्छन् । दुई वर्षभन्दा बढी समयदेखि टहरामै बसिरहेका कतिपय भूकम्पपीडितहरु धान राख्न समस्या परेको गुनासो गर्दै आएका छन् । असोजमै काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाको ब्रम्हखेलमा धान पाकेको छ । जहाँ दसैं-तिहारको बेला तराईबाट कामको खोजीमा काठमाडौं उपत्यका भित्रिएका कामदारहरु धान काट्ने र बिटा लगाउने काम गरिरहेका छन् । उनीहरुले दैनिक बिटा लगाएबापत राम्रो ज्याला पाउँछन् । 


तस्बिर : सुरविन्द्रकुमार पुन/कान्तिपुर  प्रकाशित : आश्विन १९, २०७४ ११:१५

प्रतिक्रिया
पठाउनुहोस्