२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

पूर्व कुमारीको स्कुल यात्रा [फोटो फिचर]

तस्बिर : इलिट जोशी

काठमाडौं — पूर्व कुमारी मतिना शाक्य सोमबार बिहान सेतो सर्ट र हरियो फ्रकमा ठाँटिएर स्कुल निस्किइन् । उनलाई स्कुल पुर्‍याउँदै थिए थिए- बुबा र दिदी । सोमबारदेखि स्कुल जान थालेकी उनी भोटेबहालस्थित ग्रीन पिस स्कुलमा पढ्दै छिन् । उनी कक्षा सातको बी सेक्सनमा पढ्दै छिन् ।

हिजोदेखि स्कुल जान थाले पनि स्कुलले स्वागत कार्यक्रम भने आज राखेको थियो । सोमबार बिहान उनलाई स्कुलमा प्रिन्सिपल, शिक्षक तथा विद्यार्थील् स्वागत गरे ।

गणतन्त्र नेपालकी पहिलो कुमारी १२ वर्षीया मतिना शाक्य ९ वर्षपछि बिहीबार इटुबहालस्थित आफ्नै घर फर्केकी थिइन् । उनलाई बडादसैंको महाअष्टमीका दिन ओमबहाल, विश्वकर्म महाविहारकी साढे ३ वर्षीया तृष्णा शाक्यले प्रतिस्थापन गरेकी हुन् ।

१२:०२ बजेको साइतमा मतिनालाई बिदाइ गरी तृष्णालाई नयाँ कुमारीका रुपमा भित्र्याइएको थियो ।

त्यसो त कुमारी हुँदा स्कुल नगएपनि जीवित देवीका रूपमा कुमारीघर रहँदा पनि मतिनाले अध्ययन गरिरहेकी थिइन् । मतिना सरकारले व्यवस्था मिलाइदिएको भोटेबहालस्थित ग्रिनपिस को–एड स्कुलमै कक्षा ७ मा अध्ययनरत पढ्थिन् । स्कुलले कुमारी घरमै पढाउने व्यवस्था मिलाएको थियो ।

अब भने उनी स्कुलको ड्रेसमा सजिएर नै स्कुल जान्छिन् । दसैंपछि नेवारी परम्पराअनुसार मतिनाको बेल विवाह (ईही:) गरिदिने र तिहारपछि गुफा राख्ने उनको बुबा प्रतापमान शाक्यको योजना छ ।

फाइल तस्बिरमतिना कुमारी हुँदाको फोटो । प्रकाशित : आश्विन २३, २०७४ १२:४७

प्रतिक्रिया
पठाउनुहोस्