'प्रहरी दिवस'मा आँसुको वर्षा [फोटोफिचर]

काठमाडौं — नेपाल प्रहरीले शुक्रबार देशभर ६२ औं 'प्रहरी दिवस' मनाइरहेको छ । दिवसको अवसरमा काठमाडौंलगायत देशका विभिन्न जिल्लामा प्रहरीले कार्यक्रम आयोजना गरेका छन् । दिवसमा सहभागी वक्ताहरुले सरकारले प्रहरीको मनोबल उच्च हुने वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।

प्रहरी प्रधान कार्यालय नक्साल भएको कार्यक्रममा भने प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मालगायत सरकारका उच्च अधिकारीको समेत उपस्थिति थियो । प्रधानमन्त्रीले कार्यालय परिसरमा रहेको 'अमर प्रहरी' स्तम्भमा माल्यार्पण गरेका छन् । जहाँ कर्तव्य पालनाको सिलसिलामा सहादत प्राप्त परिवार र आफन्तजनको समेत सहभागिता थियो । दिवंगत प्रहरीका आफन्तजन सम्झनामा भावविह्वल बनेका थिए । नक्सालमा आयोजित प्रहरी दिवस कार्यक्रमका केही तस्बिहरु :

तस्बिर : प्रताप थापा प्रकाशित : आश्विन २७, २०७४ १२:४२

प्रतिक्रिया
पठाउनुहोस्