कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

पर्यटक पुग्नै पर्ने ढाँडागाउँ [फोटोफिचर]

तस्बिर : अंगद ढकाल

काठमाडौं — पर्यटकीय क्षेत्र नगरकोटको बारेमा थाहा नपाउने सायदै होलान् । कत्तिले त प्रत्यक्ष घुमघाम गरिसकेको हुनुपर्छ । जहाँ सगरमाथा र अन्य हिमशृंखलाको मनोरम दृश्य हेर्न आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गर्दछ ।

तर, नगरकोटदेखि मात्र ३ किलोमिटर तल रहेको काभ्रेपलाञ्चोकको ढाँडागाउँ भने बत्ति मुनिको अँध्यारो झैं बनेको छ ।

नगरकोटबाट जुन हिमश्रृंखलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ, त्यस्तै ढाँडागाउँबाट देखिन्छ । यो ठाउँ पर्यटकीय गन्तव्यका लागि उपयुक्त हुने भए पनि पूर्वाधार र प्रचारप्रसारको कमीले पर्याप्त पर्यटकहरु पुग्न सकिरहेका छैनन् । यातायातको सुविधा, हाइकिङ रुट र होमस्टेको व्यवस्था गर्न सके पर्यटक आउने विश्वास स्थानीय विकीराम तामाङको छ । ढाँडागाउँदेखि देखिएको सूर्योदयको रमणीय दृश्य । 

   प्रकाशित : आश्विन ३१, २०७४ १३:२६

प्रतिक्रिया
पठाउनुहोस्