कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

तराईमा तिहारको झकिझकाउ [फोटोफिचर]

सन्तोष सिंह, जितेन्द्र साह

धनुषा, सुनसरी — कात्तिक कृष्ण औंसीका दिन बिहीबार देशभर धनधान्यकी देवी लक्ष्मीको पूजा तथा आराधना गरी दिपावली मनाइँदै छ । यसै क्रममा जनकपुरको जानकी मन्दिर आसपास बजारमा प्रसाद खरिद गर्नेको बिहानैदेखि भीड लागेको छ ।

केराको बोट, हरियो पात र फूलमालाले सुनरपट्टी झकिझकाउ पारिएको छ । मिष्ठान भण्डारहरुमा लड्डु खरिद गर्नेको घुइँचो छ । जानकी मन्दिर आसपासको सडक किनमेल गर्नेहरुका कारण जाम बढेको छ । 

 


ग्रामीण भेकका मधेसी एवं थारुको तिहार
जितेन्द्र साह
बर्जु (सुनसरी) 
केहीले पहेँलो र राता माटोले लिपपोत गरी घर चिटिक्क पारिसकेका छन् । कतै परिवारजनले धमाधम रंगरोगन एवं सरसफाइ गर्दैछन् । अघिल्तिरको सडकदेखि आँगनसम्म फोहोरको एकएक टुक्रा टिपिँदैछ । खाल्डाखुल्डी भरिँदैछ । घरको पर्खाल, मुख्यद्वार र आँगनलाई नयाँ बाँसको चोयाले निर्मित हरियै टाटीले घेरिंदैछ । पर्खाल र खाँबोका प्वालहरु माटोले पोतिँदैछ । यो दृश्य हो मधेसी एवं आदिवासी थारु बहुल बस्ती सुनसरीको बर्जु गाउँपालिकाको । नगर, सहर र बजारदेखि पूर्णतया भिन्न यहाँकाले मनै छुनेगरी तिहार मनाउँछन् । ‘चलि आएको रीतिरीवाजको पूर्ण पालन गरिरहेका छौं,’स्थानीय किसान ६९ वर्षीय खट्टर यादवले गर्वकासाथ भने । यस्तै यहाँ मोरङको विराटनगरमा तिहार तयारीको फोटोसमेत समेटिएको छ । 

प्रकाशित : कार्तिक २, २०७४ ११:५४

प्रतिक्रिया
पठाउनुहोस्