असिनाको असर (फोटोहरु)

कान्तिपुर संवाददाता

काठमाडौं — काठमाडौंमा शनिबार राति परेको असिनाले ठाउँठाउँमा क्षति पुर्‍याएको छ । असिना पानीका कारण आएको पहिरोले काठमाडौंको सिफल नजिकै एक सुमो र ट्याक्सी पुरेको छ ।

असिनाकै कारण उपत्यकामा लगाइएको तरकारी बाली नष्ट भएका छन् । राति परेको असिना आइतबार बिहानसम्म पनि देख्न सकिन्थ्यो ।

असिनाले पुर्‍याएको क्षतिका केही तस्बिर : 

असिना पानीका कारण आएको पहिरोले काठमाडौंको सिफल नजिकै एक सुमो र ट्याक्सी पुरेको छ । तस्बिर : कविन अधिकारी/कान्तिपुर

असिनाले क्षति पुर्‍याएको भक्तपुरको मनोहरा फाँटको तरकारी बाली । तस्बिर : गंगा बीसी/कान्तिपुर । 

पशुपति मन्दिर परिसरमा आइतबार बिहान देखिएकाे असिना । तस्बिर : किरण पाण्डे/कान्तिपुर ।  

  प्रकाशित : कार्तिक १२, २०७४ २२:५६

प्रतिक्रिया
पठाउनुहोस्