बालुवाटारमा टिकट माग्नेहरु [फोटोफिचर]

कान्तिपुर संवाददाता

काठमाडौं — आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचनका लागि राजनीतिक दलहरु उम्मेदवार टुंग्याउने भन्दै बैठक र छलफलमा व्यस्त छन् । भोलि बिहीबार हुने उम्मेदवारी मनोनयनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, मा‌ओवादी केन्द्र, राप्रपा, मधेसकेन्द्रित दलहरु आन्तरिक छलफलमा छन् । दलका शीर्ष नेताहरु आन्तरिक गृहकार्यमा रहँदा पार्टी कार्यालय र नेताका घरआँगान टिकटका आकांक्षीले भरिभराउ देखिन्छन् ।

उम्मेदवारको टुंगो लगाउन कांग्रेसको बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहँदा बाहिर नेता, कार्यकर्ता भरिभराउ देखिए । जिल्ला-जिल्लाबाट आएका कांग्रेस कार्यकर्ताहरु कोही चउरमा पल्लिएर आराममा थिए भने कोही टिकटको लबिइङका लागि फोन गर्न र बालुवाटार परिसरमा ओहोरदोहोर गरिरहेका भेटिन्थे । कान्तिपुरका हेमन्त श्रेष्ठले लिएका केही दृश्य :   

  प्रकाशित : कार्तिक १५, २०७४ १६:५८

प्रतिक्रिया
पठाउनुहोस्