२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

हेर्नुहोस्, उम्मेदवारी दर्ताका तस्बिरहरु

काठमाडौं — दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता कार्य जारी छ । आआफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने काम उम्मेदवारहरुबाट भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले उपलब्ध गराएको समयाभित्र प्रमुख दलका शीर्ष नेताहरु उम्मेदवारी दर्ता गराउने क्रममा छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाललगायत दलका शीर्ष नेताहरुमध्ये केही दर्ता गरि सके भने केहीले दर्ता गराउने क्रममा छ । आयोगका अनुसार दिउँसो ३ बजेसम्मको मनोनयन दर्ता शान्तिपूर्ण छ । बिहीबार ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ सदस्य र प्रदेशसभातर्फ २५६ सदस्यका लागि मनोनयन दर्ताको काम हुने छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि आयोगले उम्मेदवारी दर्ताको लागि समय छुट्याएको छ ।

एमाले नेता माधवकुमार नेपाल काठमाडौं २ मा उम्मेदवारी दर्तापछि ।
काठमाडौं १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंह र ४ का गगन थापा ।

अछाममा एमाले उम्मेदवारहरु
मोरङमा एमाले माओवादी उम्मेदवारहरु
मोरङमा शेखर कोइरालालगायत ।

ललितपुरमा कांग्रेसको मनोनयन दर्ता ।
मोरङमा कांग्रेसका महेश आचार्य ।
ललितपुरमा माओवादीका पम्फा भूसाल ।
मोरङमा कांग्रेसका मिनेन्द्र रिजाल ।
मोरङमा माओवादीका शिवकुमार मण्डल ।
सुनसरी १ बाट नेपाली कांग्रेसको समर्थनमा प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईद्वारा उम्मेदवारी दर्ता ।
काठमाडौं १ मा विवेकशील साझाका रविन्द्र मिश्र ।
प्रकाशित : कार्तिक १६, २०७४ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्