कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

रामघाट मेला भर्नेको घुइँचो

मनोज पौडेल

कपिलवस्तु — जिल्लाको ऐतिहासिक र ठूलो रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । कात्तिक शुक्ल पुर्णिमाका दिन वाँणगंगा नदीको रामघाटमा लाग्ने मेला भर्न शनिबार बिहानैदेखि हजारौं भक्तजन आइरहेका छन् । धार्मिक दृष्टिकोणले महत्वपूर्ण भएकाले पर–परबाट तीर्थालु एक दिनअघि नै आएर बसेका थिए ।

जिल्लाको ऐतिहासिक र ठूलो रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।

कात्तिक शुक्ल पुर्णिमाका दिन वाँणगंगा नदीको रामघाटमा लाग्ने मेला भर्न शनिबार बिहानैदेखि हजारौं भक्तजन आइरहेका छन् । धार्मिक दृष्टिकोणले महत्वपूर्ण भएकाले पर–परबाट तीर्थालु एक दिनअघि नै आएर बसेका थिए ।

शनिबार लाग्ने मेलाका लागि शुक्रबार साँझैबाट रामघाटमा श्रद्धालु भक्तजन आउने क्रम सुरु भएको थियो ।

राति ३ बजेबाटै रामघाटमा स्नान गरी नजिकैको रामजानकी मन्दिरमा पुजाआजा गर्नेको लामो लाइन थियो । यहाँ ८० किमि पर भारतको बस्ती र सिद्धार्थनगर जिल्ला लगायत छिमेकी दंग, रुपन्देही र नवलपरासीसम्मका श्रद्धालु भक्तजन आएको मेला व्यवस्थावन समितिका तारा मिश्रले बताए ।

भारत र जिल्लाकै डेढसय बढी साधु, सन्त र जोगी मेलामा आएका थिए । मन्दिर वरिपरि र नदी किनारमा रात भर जोगीहरुले जाग्राम बसी ढोल, खैजडी, झाँज र हरमुनियम बजाई भजन, किर्तन र चुड्का भन्दै बसेका थिए ।

त्रेता युगमा भगवान राम वनवास जाने क्रममा रामघाट आई पुग्दा उनलाई पानी प्यास लागे पछि अर्जुनले वाँण हानेर पानी निकालेको धार्मिक किम्बदन्ती छ ।

भगावान रामले पानी पिएको हुँदा यस ठाउको नाम रामघाट रहन गई धार्मिक तीर्थस्थल भएको अवधी लोककला विषेशज्ञ विक्रममणी त्रिपाठीले बताए ।

मेलाका दिन घाटमा स्नान गरी र रामजानकी मन्दिरमा पुजाआजा गर्नाले मनोकांक्षा पुरा हुने धार्मिक जनविश्वास भएकाले मेलामा भीड बढने गरेको मेला भर्न २ दशकदेखि भारतको सिद्धार्थनगरस्थित पचवेडवाबाट आइरहेका श्याम पाठकले बताए । कतिपयले रामघाटमा स्नान गरी नदी छेउमा गौदान पनि गर्ने गर्दछन् ।

गौदान गरे मनोकांक्षा पुरा हुने जनविश्वास रहेकाले धेरै भक्तजन यहाँ गौदान गर्न पनि आउने गरेको २ दशकदेखि पुरेत्याई गरिरहेका पन्डित कृष्णकुमार मिश्रले बताए ।

मेलालाई व्यवस्थित गर्न सय बढी नेपाल र सशस्त्र प्रहरी खटिएका छन् । मेला सय वर्षअघिदेखि नै लाग्दै आएको बुढापाका बताउँछन् । त्यसैगरी कपिलवस्तुको लक्ष्मणघाट र बर्गदीघाटमा समेत मेला लाग्ने गर्दछ ।

प्रकाशित : कार्तिक १८, २०७४ १२:३५

प्रतिक्रिया
पठाउनुहोस्