कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चटारो झन्डाको [फोटोफिचर]

तस्बिरः कविन अधिकारी

काठमाडौं — प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरणको निर्वाचन आउन अब १७ दिन बाँकी छ । मंसिर १० र २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरु गाउँ, सहरमा प्रचारप्रसारमा व्यस्त छन् । राजनीतिक पार्टी र स्वतन्त्र उम्मेदवारहरु झन्डा, व्यानरसहितका गाडी, समर्थकहरु लिएर आफ्नो पक्षमा मतदाता तान्न कोसिस गरिरहेका छन् ।

बिहानदेखि बेलुकीसम्म सभा, कोणसभा र घरदैलो गरिरहेका उम्मेदवारहरु आफ्ना पार्टीका निर्वाचन प्रचार सामग्रीले गाउँगाउँ र सहरी क्षेत्रमा सजाइरहेका छन् र कतिपय ठाउँमा सजाइसके । दलहरु निर्वाचन क्षेत्रमा व्यस्त रहँदा झन्डा, व्यानर व्यवसायी, मजदुर पनि उत्तिकै चटारोमा देखिन्छन् । विभिन्न पार्टीका झन्डा बनाउँदै गरेको अवस्थामा बुधबार काठमाडौं बागबजारमा लिइएका तस्बिरहरु : 

प्रकाशित : कार्तिक २३, २०७४ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्