पाटनको प्लाष्टिक उद्योगमा भीषण आगलागी (फोटोहरु)

कान्तिपुर संवाददाता

काठमाडौं — पाटन औद्योगिक क्षेत्रको प्लाष्टिक उद्योगमा केहीबेर अघि भीषण आगलागी भएको छ । पञ्चकन्या ग्रुपको पाटन औद्योगिक क्षेत्रस्थित प्लाष्टिक उद्योगमा आगलागी भएको हो ।

आगलागी ७५ प्रतिशत नियन्त्रणमा आएको जुद्ध बारुण नियन्त्रण काठमाडौंका प्रमख बुद्धिमान नगरकोटीले जानकारी दिए ।

उनका अनुसार अहिले आगलागी नियन्त्रणको लागि १० भन्दा बढी बारुण यन्त्रहरु प्रिचालन गरिएको छ ।

प्लाष्किट उद्योगसँगै जोडिएको एक काठ उद्योगमा आगलागी हुन नदिने ध्यान दिइएको उनले बताए ।

‘प्लाष्टिक उद्योगमा भएको आगलागी ७५ प्रतिशत नियन्त्रणमा आएको छ’, उनले भने ,‘सँगै रहेको काठ उद्योगमा आगलागी हुन नदिन विशेष ध्यान दिइएको छ ।’

फोटोहरु : हेमन्त श्रेष्ठ/कान्तिपुर


प्रकाशित : कार्तिक २८, २०७४ २२:२८
प्रतिक्रिया
पठाउनुहोस्