कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

रूकुममा यसरी राखिन्छ मकै [फोटो]

हरि गौतम

रुकुम (पूर्व) — अन्न भण्डारणका निम्ति जमाना अनुसारका भाँडावर्तन बनिसकेका छन् । आधुनिक भाँडावर्तनहरु पनि दैनिकजसो निर्माण भइरहेका छन् । मेहनत गरेर उब्जाएको अन्नलाई सुरक्षित, गुणस्तरीय, विभिन्न रोग किराबाट बचाउन अनेकाअनेक उपाय र सामग्री बनिसक्दा यहाँको एक गाउँमा भने मकै भण्डारणको परम्परागत चलन कायमै छ ।

अन्न भण्डारणका निम्ति जमाना अनुसारका भाँडावर्तन बनिसकेका छन् । आधुनिक भाँडावर्तनहरु पनि दैनिकजसो निर्माण भइरहेका छन् ।

मेहनत गरेर उब्जाएको अन्नलाई सुरक्षित, गुणस्तरीय, विभिन्न रोग किराबाट बचाउन अनेकाअनेक उपाय र सामग्री बनिसक्दा यहाँको एक गाउँमा भने मकै भण्डारणको परम्परागत चलन कायमै छ । भूमे गाउँपालिाका–६, महत गाउँका सर्वसाधारणले मकै भण्डारणको जिम्मा प्रकृतिलाई नै छाड्ने गरेका छन् । यस क्षेत्रका प्रायजसो ठाउँमा मकै भण्डारण यसरी नै गर्ने गरिन्छ ।

यस क्षेत्रका स्थानीयले (पोक) खोस्टा छोडाइसकेको मकैलाई खुला आकाशमुनि राख्ने गर्दछन् । घाम, पानी खुवाउनकै लागि बोक्रा छोडाइएका मकैलाई बाहिर राख्ने गरेको स्थानीय बताउँछन् । ६ नम्वर वडा अध्यक्ष देवबहादुर बुढाले घाम,पानी पचाएका मकैमा किरा नलाग्नुको साटो, त्यसबाट बनेको पिठो पनि राम्रो हुने बताए ।

‘पाकेको मकैको बोक्रा छोडाएर यसरी बाहिर राख्ने चलन पुरानै हो,’ अध्यक्ष बुढाले भने, ‘यसरी राखेको मकैको पिठोबाट बनेको ढिँडो मीठो हुने र मकैमा अन्य किरा पनि लाग्दैन ।’ यसरी राखिएको मकैको खाजा पनि स्वादिष्ट हुन्छ । असोजदेखि कार्तिक महिनामा बारीबाट निकालिएको मकैको माघदेखि दाना निकाल्न सुरु हुन्छ ।

प्रकाशित : कार्तिक २९, २०७४ १३:४३

प्रतिक्रिया
पठाउनुहोस्