२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

शोकाकुल परिवार, स्तब्ध शुभचिन्तक

प्रकाश दाहालको निधन
कान्तिपुर संवाददाता

काठमाडौं — ३७ वर्षीय दाहाललाई आज बिहान ५:५० मा उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । लगत्तै उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको आज बिहान निधन भएपछि परिवार शोकाकुल छन् । शुभचिन्तक स्तब्ध छन् ।

चुनावी अभियानको क्रममा झापामा रहेका पुष्पकमल दाहाल काठमाडौं आइपुगेपछि प्रकाशको शव पेरिसडाँडास्थित माओवादी केन्द्र मुख्यालय लगिएको थियो । पेरिसडाँडामा श्रद्धाञ्जलीपछि आजै साँझ उनको अन्त्येष्टि गर्ने तयारी छ ।

प्रकाशको निधन भएलगत्तै उनका शुभचिन्तक, पार्टीका नेता तथा कार्यकर्ता अस्पताल पुगेका थिए । अन्य पार्टीका शीर्ष नेताहरु पनि दाहाल परिवारलाई समवेदना दिन अस्पताल पुगेका थिए । 

 

  प्रकाशित : मंसिर ३, २०७४ १४:४६

प्रतिक्रिया
पठाउनुहोस्