१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पेरिसडाँडामा प्रकाशलाई अन्तिम श्रद्धाञ्जली (फोटोहरु)

कान्तिपुर संवाददाता

काठमाडौं — पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको शव अन्तिम श्रद्धाञ्जलीको लागि माओवादी केन्द्र मुख्यालय पेरिसडाँडामा राखिएको छ । उनको आज बिहान निधन भएको थियो ।

सुतेकै स्थानमा अचेत अवस्थामा रहेका प्रकाशलाई उपचारका लागि बिहान ५:५० मा नर्भिक अस्पताल ल्याइएको थियो । चिकित्सकले उनलाई ५:५९ मा मृत घोषित गरेका थिए ।

प्रकाश दाहाललाई पिता पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।

अहिले माओवादी केन्द्र मुख्यालय पेरिसडाँडामा प्रकाश दाहाललाई अन्तिम श्रद्धाञ्जली दिन पार्टी नेता, कार्यकर्ता तथा शुभेच्छुकको भीड लागेको छ । उनको आजै अन्त्येष्टि गर्ने कार्यक्रम छ । 

तस्बिरहरु : हेमन्त श्रेष्ठ/कान्तिपुर

 

 

  प्रकाशित : मंसिर ३, २०७४ १५:०३

प्रतिक्रिया
पठाउनुहोस्