३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

लाजिम्पाटमा प्रकाश दाहालको श्रद्धाञ्जली सभा [तस्बिरहरु]

तस्बिर : कविन अधिकारी/कान्तिपुर

काठमाडौं — माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र दिवंगत साकार दाहाल ‘प्रकाश’को श्रद्धाञ्जली सभा गरिएको छ ।

दाहाल निवास लाजिम्पाटमा बिहीबार आयोजना गरिएको सभामा उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन सभामुख ओनसरी घर्ती, पूर्वसभामुख तारानाथ रानाभाट, नेकपा क्रान्तिकारी माओवादी नेता मोहन वैद्य, नेकपा मसालका मोहनविक्रम सिंहलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति थियो । उनीहरुले दिवंगत प्रकाश दाहालको तस्बिरमा माल्यार्पण गरेका थिए ।

सभामा उपस्थितहरुलाई माओवादी केन्द्रका दाहालले लिखित वक्तव्यमार्फत् आभार प्रकट गरेका थिए । विज्ञप्ति पढ्दा सभामा उपस्थिति आफन्तजन, विभिन्न दलका नेता, कार्यकर्ताहरु कतिपय भावविह्वल बनेका थिए भने अधिकांशका आँखा रसाएका देखिन्थे । प्रकाशले आफ्नो दोस्रो प्रधानमन्त्रित्वकालमा खेलेको भूमिकाले पनि आफू सफल भएको पूर्वप्रधानमन्त्री दाहालले उल्लेख गरेका छन् । उनले प्रकाश छोरामात्रै नभई सानैदेखि युद्धमा सामेल भएको र समाज, संसार बुझ्न सक्ने भएकाले पनि आफ्नो सहकर्मीको जस्तो भूमिका पाएको स्मरण गरे । नेविसंघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी)का युवाहरुसहित देश, विदेशबाट पाएको सहानुभूतिबाट आफ्नो परिवारलाई धेर्य गर्ने परिस्थिति मिलेको उनले बताएका छन् । ३६ वर्षीय साकार दाहालको हृदयघातका कारण यही मंसिर ३ गते राति निधन भएको थियो ।

प्रकाशित : मंसिर ७, २०७४ १५:१७

प्रतिक्रिया
पठाउनुहोस्