तस्बिरमा हेर्नुहोस्, मधेसमा चुनावी प्रचार

मनोज पौडेल

कपिलवस्तु — प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरणमा यही मंसिर २१ गते हुने चुनावी रौनक उत्कर्षमा पुगेको छ । कपिलवस्तु र रुपन्देहीका दक्षिणी क्षेत्रको मधेसमा बढेको चुनावी माहोलले मधेसी बहुल क्षेत्र चुनावमय बनेको छ । पार्टीका र स्वतन्त्र उम्मेदवारहरु मत माग्नका लागि मतदाताका घरघर र आँगनआँगन पुगेका छन् । प्रचार सामग्रीले मधेसका गाउँ, चोक र बजार सिंगारिएका छन् । गाउँको बजार र चोकमा स-साना कोणसभा गर्ने पनि उत्तिकै छन् ।

मधेस पुरै चुनावमय बनेको छ । मधेस आन्दोलनका अगुवाहरु विभिन्न पार्टीबाट प्रतिस्पर्धा गर्दै चुनावमा होमिएका छन् । कपिलवस्तुको सीमा क्षेत्र चाकरचौडा, पकडी, महराजगञ्ज र रुपन्देहीको मर्चवार क्षेत्रको रायपुर, बेतकुईया र सिपवालगायत गाउँमा देखिएका चुनावी माहोल तस्बिरमा उतारिएको छ । 

प्रकाशित : मंसिर १५, २०७४ १५:४३

प्रतिक्रिया
पठाउनुहोस्