यसरी भयो झापामा मतदान [फोटोफिचर]

पर्वत पोर्तेल

काँकडभिट्टा — प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि झापाका मतदाता उत्साहित देखिएका छन् । दोस्रो चरणको निर्वाचन अन्तर्गत बिहान ७ बजेदेखि मतदानका लागि उनीहरु लामबद्ध भएका थिए ।

महिला, जेष्ठ नागरिक, अशक्त, अपाङ र किरियापुत्रीहरु समेत मतदानमा उत्साहजनक रुपमा सहभागी बने । झापामा ५ वटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा ५ लाख ८५ हजार २ सय २८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

मतदानका लागि जिल्लाको सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । झापाका एसपी विष्णु केसीले निर्धक्क भएर मतदान गर्ने वातावरण तयार पारिएको बताए । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार चार बजेसम्म झापामा ६० प्रतिशतभन्दा बढी मतदान भएको छ । जिल्लाका २ सय ८३ मतदानस्थलमा ६ सय ९२ मतदान केन्द्रमा ५ हजार ५ सय ३६ जना जना कर्मचारीसहित २ हजार ६४ स्वयम सेवक गरी ७ हजार ६ सय कर्मचारी खटाइने छ । सुरक्षाकर्मीको उपस्थिति पनि बाक्लो छ । आचार्यका अनुसार एउटा निर्वाचनस्थलमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, चार सहायक कर्मचारी र दुईजना सहयोगी कर्मचारी गरी आठ जनाको कर्मचारी टोली खट्ने छ । समाचार तयार पार्दासम्म जिल्लामा कुनै अप्रिय घटना भएको छैन । 

प्रकाशित : मंसिर २१, २०७४ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्