२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

चुनावको उल्लास [फोटोफिचर]

मनोज पौडेल, हरिहरसिंह राठौर

कपिलवस्तु, धादिङ — मतगणनास्थल बाहिर फूलमाला र अबिर खरिद गर्नेको उत्तिकै भीड छ । समर्थकहरु डिजे बजाउँदै खुसीयाली साटासाट गरिरहेका छन् । बाटोभरि अबीर र फूलमाला भरिएको छ । बजारभरि चुनावकै चर्चा परिचर्चा छ ।

सदरमुकाम तौलिहवामा निक्कै उल्लासको वातावरण छ । कतिपय उम्मेदवार चुनावमा विजयीसँगै विजयी जुलुस निकालेका छन् । कतिपय मतदाता भने आफ्नो उम्मेदवारको मत कति आयो भनेर टिपिरहेका छन् । मतगणना पनि भइरहेको छ ।

धादिङ

यसैत एमालेको गढ मानिने धादिङ, झनै वाम गठवन्धनले २ वटै निर्वाचन क्षेत्रका सबै सीटमा विजय हासिल गरेपछि सदरमुकाम राताम्मे बन्यो । मतगणना गर्दा देखि नै अग्रता लिएको वाम गठवन्धनले सबै पदमा जितेको खबर पाएपछि गाउँगाउँबाट झरेका कार्यकर्ताहरुले सदरमुकाम राताम्मे बने । बाजागाजा, हातमा झन्डा, राता टिसर्टले निकालेका विजय जुलुस र मोटरसाइकलको हर्नले सदरमुकाम बजार गुन्जायमान बनाइए । जुलुसमा लगातार ३२ वर्षदेखि धादिङको वाम राजनीतिमा एकछत्र राज गरी पाँचौं पटक विजय भएका नेकपा एमालेका पोलिटव्युरो सदस्य राजेन्द्रप्रसाद पाण्डे, भूमि त्रिपाठी, वामगठवन्धनमा माओवादी केन्द्रका विजयी मजदुरका नेताहरु शालिकराम जमकटेल र जगत सिंखडा समेत कार्यकर्ताले घेरिएका थिए ।

प्रकाशित : मंसिर २४, २०७४ १३:३५

प्रतिक्रिया
पठाउनुहोस्