२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

हुस्सु छिचोल्दै म्याराथन

विमल खतिवडा

चितवन — चितवन जिल्लामै पहिलो पटक सोमबार ‘नेपो रोटा मिनी म्याराथन’ को आयोजना गरिएको छ । बिहान ८ बजेर २२ मिनेटमा टाँडी बजारबाट सुरु म्याराथन नारायणगढको लीलाचोकमा आएर टुंगियो थियो । बिहान ८ बज्दा पनि घाम लागेको थिएन । हुस्सु छिचोल्दै म्यारानमा सहभागी हुनेको भिड थियो । कतै घाम देखिन्थ्यो त कतै हुस्सु।

चितवन जिल्लामै पहिलो पटक सोमबार ‘नेपो रोटा मिनी म्याराथन’ को आयोजना गरिएको छ । बिहान ८ बजेर २२ मिनेटमा टाँडी बजारबाट सुरु म्याराथन नारायणगढको लीलाचोकमा आएर टुंगियो थियो । बिहान ८ बज्दा पनि घाम लागेको थिएन । हुस्सु छिचोल्दै म्यारानमा सहभागी हुनेको भिड थियो । कतै घाम देखिन्थ्यो त कतै हुस्सु ।


जाडो सुरु भएकाले पनि होला सडक हुस्सुले ढाकिएको थियो । रोटरी क्लव अफ नारायणगढको आयोजनामा गरिएको प्रतियोगितामा विभागीय टिमको वर्चश्व रह्यो । म्याराथनमा २ सय १७ जनाले नाम लेखाए पनि १ सय ९३ जना मात्र दौडमा सहभागी भए । ७४ जनाले मात्र निर्धारित दुरी पार गरे । धिमे बाजाले थप रौनकता थपेको थियो ।

१५ किलोमिटर दुरी ४४ मिनेट ५३ सेकेण्डमा पार गर्दै त्रिभुवन आर्मीका कृष्णबहादुर बस्नेत प्रथम भए । सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले ४५ मिनेट ३९ सेकेण्डमा दौड पुरा गर्दै द्वितीय र त्रिभुवन आर्मीकै हेमलाल श्रेष्ठले ४५ मिनेट ४३ सेकेण्डमा दौड पुरा गरी तृतीय भए ।

प्रथम, द्वितीय र तृतीयले क्रमश : ५० हजार, २५ हजार र १५ हजार नगदसँगै मेडल हात पारे । सडकमा ठाउँठाउँमा म्याराथन हेर्नेको भीड थियो । ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनको काम गरेको थियो । रोटरीका डिस्ट्रिक गर्भनर सञ्जय गिरी प्रमुख अतिथी र मिस नेपाल २०१६ अस्मी श्रेष्ठ विशिष्ट अतिथीको रुपमा उपस्थित भएका थिए ।

प्रकाशित : पुस ३, २०७४ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्