कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिदाईमा म्यादीको सेल्फी

पर्वत पोर्तेल

काँकडभिट्टा — गत मंसिर २१ गते  सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा परिचालित म्यादी प्रहरीहरु शुक्रबारदेखि घर फर्किए । 

देशका केही स्थानमा म्यादी प्रहरीहरु आन्दोलित बनिरहँदा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले भने भव्य समारोहबीच म्यादीलाई अविर जात्रासहित बिदाई गऱ्यो । इलाका प्रहरी कार्यालय मातहतमा २ सय १० म्यादी परिचालित थिए । बिदा हुनुअघि उनीहरुले साथी र प्रहरीहरुसँग सेल्फी खिचे ।


गत कात्तिक १२ गतेदेखि ड्युटी सुरु गरेका उनीहरुलाई करिव तीन महिनामा जनही ४८ हजार पारिश्रमिक समेत उपलव्ध गराइएको डिएसपी टंक भट्टराईले जनाए ।

प्रकाशित : पुस ७, २०७४ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्