१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
फोटोफिचर

Photo Feature

मनिन्द्र बने मिस्टर गे ह्याण्डसम (फोटोहरु)

ब्लु डाइमण्ड सोसाइटीले मंगलबार राजधानीमा आयोजना गरेको मिस्टर गे ह्याण्डसम नेपालको उपाधि मनिन्द्रसिंहले जितेका छन् । विनोद चौधरी र अजुन पिटर राईलाई पछि पार्दै सिंहले उपाधि जितेका हुन् । नेपालमा यो प्रतियोगिता दोस्रो पटक अयाोजना गरिएको हो ।नेपालको अदालतले आफूहरुलाई तेस्रो लिंगीको परिचय दिएको १० वर्ष पुगेको अवसरमा प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । ब्लु डाइमण्ड सोसाइटी तेस्रो लिंगीको अधिकार र पहिचानको वकालत गर्दै आएको छ ।अंगद ढकाल

मनिन्द्र बने मिस्टर गे ह्याण्डसम (फोटोहरु)

हात्तीको ताँती [फोटोहरु]

पर्यटकीय नगरी सौराहामा मंगलबारबाट १४ औं चितवन हात्ती महोत्सव सुरु भएको छ । महोत्वस सुरु हुनुअघि विभिन्न समुदायको झाँकीले सडक ढाकिएको थियो । विभिन्न समुदाय आआफ्नो भेषभुषामा सजिएर महोत्सवमा उपस्थित भएका थिए । बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा आयोजित महोत्सवमा हात्तीको ताँती लागेको छ । अधिकांश हात्तीलाई सिंगारेर उपस्थित गराइएको छ । १५ गते सम्म चल्ने महोत्सवमा सबैभन्दा बढी रुचाइएको हात्तीहरुबीचको पिकनिक कार्यक्रम हो । त्यस्तै छावाहरुबीचको फुटबल, हात्ती पोलोले थप आकर्षण थप्ने छ । हात्तीबीचको सौन्दर्यता प्रतियोगिता पनि दर्शकलाई नयाँ लाग्छ । यो वर्ष गाडा, टांगा र डुंगा प्रतियोगिता नभएपनि हात्ती बाथिङ प्रतियोगिताले दर्शकको मन जित्ने छ । नदीभित्र बसेर हात्तीले सुडबाट पानी छ्यापेर नुहाइरहेको दृश्यले सबैको ध्यान खिच्ने छ । महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे । पहिलो दिन मंगलबार हात्ती फाष्ट वाक प्रतियोगिता भयो । छाबाबीच फुटबल र हात्तीपोलो ‘शो खेल’को रुपमा आयोजना गरिएको थियो । बुधबारबाट सबै प्रतियोगिता हुने छ ।

हात्तीको ताँती [फोटोहरु]
पुस १०, २०७४

क्रिसमस चहलपहल [फाेटोहरु]

नेपालसहित विश्वभर सोमबार क्रिसमस मनाइएको छ । क्रिसमसको अवसरमा राजधानीका ठूला मल र रेष्टुरेन्टहरुले आकर्षक सजावट गरेका थिए । क्रिसमसको अघिल्लो दिन आइतबार राति काठमाडौंमा क्रिसमस इभ मनाइएको थियो । काठमाडौंको ठमेलमा आइतबार राति वि

क्रिसमस चहलपहल [फाेटोहरु]
पुस ८, २०७४

कोसी ‘कलिङ’

बिहानीको घामको कलिलो लाली जब कोसी नदीमा खस्छ, नदी नै रङमय देखिन्छ । रविकिरणको स्पर्शसँगै यस आसपासको दैनिकी चलमलाउन सुरु गर्छ । काँधमा जाल र हुन्डी बोकेर जलारीहरू झिसमिसेमै कोसी किनार पुगिसकेका हुन्छन् । र, गुजाराका लागि जाल थाप्ने उनीहरूको दैनिकी त्यही सेरोफेरोमा घुमिरहन्छ ।

कोसी ‘कलिङ’
पुस ७, २०७४
पुस ३, २०७४

हुस्सु छिचोल्दै म्याराथन

चितवन जिल्लामै पहिलो पटक सोमबार ‘नेपो रोटा मिनी म्याराथन’ को आयोजना गरिएको छ । बिहान ८ बजेर २२ मिनेटमा टाँडी बजारबाट सुरु म्याराथन नारायणगढको लीलाचोकमा आएर टुंगियो थियो । बिहान ८ बज्दा पनि घाम लागेको थिएन । हुस्सु छिचोल्दै म्यारानमा सहभागी हुनेको भिड थियो । कतै घाम देखिन्थ्यो त कतै हुस्सु।

हुस्सु छिचोल्दै म्याराथन
मंसिर २५, २०७४

गृह जिल्लामा दाहालको ‘कमब्याक’

११ वर्षपछि गृह जिल्ला चितवन फर्किएका दाहाल क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । यस अघि उनी रोल्पा, काठमाडौं र सिराहबाट चुनाव लडेका थिए ।

गृह जिल्लामा दाहालको ‘कमब्याक’
मंसिर २४, २०७४

चुनावको उल्लास [फोटोफिचर]

मतगणनास्थल बाहिर फूलमाला र अबिर खरिद गर्नेको उत्तिकै भीड छ । समर्थकहरु डिजे बजाउँदै खुसीयाली साटासाट गरिरहेका छन् । बाटोभरि अबीर र फूलमाला भरिएको छ । बजारभरि चुनावकै चर्चा परिचर्चा छ ।

चुनावको उल्लास [फोटोफिचर]
मंसिर २१, २०७४

यसरी भयो झापामा मतदान [फोटोफिचर]

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि झापाका मतदाता उत्साहित देखिएका छन् । दोस्रो चरणको निर्वाचन अन्तर्गत बिहान ७ बजेदेखि मतदानका लागि उनीहरु लामबद्ध भएका थिए ।

यसरी भयो झापामा मतदान [फोटोफिचर]

भित्र मतदान, बाहिर भोज

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकालागि बिहीबार भइरहेको मतदानको क्रममा विराटनगर महानगरपालिकामा थरिथरिका दृश्य देखिएको छ । दलहरुले मतदाता एवं कार्यकर्तालाई रिझाउन कतिपय मतदान केन्द्र बाहिर तराई–मधेसको विशेष खाजा च्युरा, चना, चप, प्याजी एवं चियासहितको भोजको आयोजना गरेका छन् ।

भित्र मतदान, बाहिर भोज