१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

हात्तीको ताँती [फोटोहरु]

चितवनमा हात्ती महोत्सव सुरु
विमल खतिवडा

चितवन — पर्यटकीय नगरी सौराहामा मंगलबारबाट १४ औं चितवन हात्ती महोत्सव सुरु भएको छ । महोत्वस सुरु हुनुअघि विभिन्न समुदायको झाँकीले सडक ढाकिएको थियो । विभिन्न समुदाय आआफ्नो भेषभुषामा सजिएर महोत्सवमा उपस्थित भएका थिए । बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा आयोजित महोत्सवमा हात्तीको ताँती लागेको छ । अधिकांश हात्तीलाई सिंगारेर उपस्थित गराइएको छ । १५ गते सम्म चल्ने महोत्सवमा सबैभन्दा बढी रुचाइएको हात्तीहरुबीचको पिकनिक कार्यक्रम हो । त्यस्तै छावाहरुबीचको फुटबल, हात्ती पोलोले थप आकर्षण थप्ने छ । हात्तीबीचको सौन्दर्यता प्रतियोगिता पनि दर्शकलाई नयाँ लाग्छ । यो वर्ष गाडा, टांगा र डुंगा प्रतियोगिता नभएपनि हात्ती बाथिङ प्रतियोगिताले दर्शकको मन जित्ने छ । नदीभित्र बसेर हात्तीले सुडबाट पानी छ्यापेर नुहाइरहेको दृश्यले सबैको ध्यान खिच्ने छ । महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे । पहिलो दिन मंगलबार हात्ती फाष्ट वाक प्रतियोगिता भयो । छाबाबीच फुटबल र हात्तीपोलो ‘शो खेल’को रुपमा आयोजना गरिएको थियो । बुधबारबाट सबै प्रतियोगिता हुने छ ।


प्रकाशित : पुस ११, २०७४ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्