हात्तीको 'क्याटवाक' !

पुजाकली 'हात्ती सुन्दरी'
विमल खतिवडा

चितवन — चितवनको सौराहामा आयोजित १४ औं हात्ती महोत्सव जारी छ । महोत्सवमा कहिले हात्तीले फुटबल खेलेको त कहिले वनभोज खाएको हेर्न आउने दर्शकले शुक्रबार फरक दृश्य देख्न पाए । 

मैदानमा ५ वटा हात्तीलाई सिंगारपटार गरेर उपस्थित गराइएको थियो । हात्तीबीच आयोजना गरिएको सुन्दरी प्रतियोगिता हेर्न दर्शकको भीड लागेको थियो ।


सुरुमा ५ वटै हात्तीले दर्शक अघिबाट क्याटवाक गरे । त्यसपछि मैदानमै रहेका निर्णायक सामू माहुतेले सुन्दरी हात्तीलाई उभ्याए । निर्णायकले हात्तीको, नङ, कान, श्रृंगार लगायत हेरे । अन्त्यमा सबैभन्दा राम्रो पार्क साईड होटलको ३८ वर्षीया पूजाकलीले सुन्दरीको उपाधि हात पार्न सफल भयो ।


त्यस्तै होटल राइनो ल्याण्डको पुष्पाकली फष्ट रनर अप र होटल वाइल्ड लाइफ क्याम्पको विजुलीकली सेकेण्ड रनर अप भए । सुन्दरीको उपाधि जित्ने हात्तीसँग फोटो खिच्न दर्शकबीच हानाथाप नै चल्यो । क्षेत्रीय होटल संघ नेपाल सौराहाको आयोजनामा जारी महोत्सव शनिबार सकिँदै छ ।

प्रकाशित : पुस १४, २०७४ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्