१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ल्होसारमा मौलिक सांस्कृतिक नाच

प्रताप रानामगर

दमौली — गुरुङ समुदायको ल्होसार पर्व तनहुँमा भव्य रुपमा मनाइएको छ । प्राचिन कालदेखि गुरुङ समुदायले ल्होसार पर्व भव्य रुपमा मनाउँ आएका छन् । व्यासनगर तमु सुधार समितिले ल्होसारको अवसरमा दमौलीमा सांस्कृतिक झाँकी सहित बृहत र्‍याली निकालेको छ ।

मौलिक भेषभूषामा सजिएर बाजागाजाका साथ क्वहोईबोबाट निकालेका र्‍याली दमौली बजार परिक्रममा गरेको थियो ।


ल्होसार मनाउन बैदेशिक रोजगारीमा रहेका युवाहरु छुट्टी मिलाएर घर फर्केका छन् । छोरीचेली, घरपरिवार र आफन्तहरु एक ठाउँमा भेला भई सामुहिक ल्होसार मनाएका हुन् । ल्होसारका अवसरमा एक आपसमा शुभकामना आदान प्रदान गर्दै खुसी साटासाट गरेका छन् । खुसीयालीमा नाचगान गर्दै रमाउन थालेको हो । यस पर्वका अवसरमा गुरुङ समुदायको मौलिक नाच, छ्र्गा, घाँटु, चुड्का नाच प्रर्दशन गरेको थियो ।


क्वहोईबो र गुम्बामा सामूहिक पूजापाठ गरी परिवारको ग्रह शान्ति गर्दै सु :ख शान्ति, समृद्धिको कामना गर्दै रीपा लगाउने गर्दछ । गुरुङ समुदायको पूजारीले पूजापाठ र मन्त्र जपेको रीपा लगाए पछि आत्मरक्षा हुने धार्मिक विश्वास छ ।


गुरुङ समुदायको संस्कार अनुसार बाह्र वटा वर्ग हुन्छ । चरा वर्गलाई बिदाई गर्दै आजबाट कुकुर वर्गलाई स्वागत गरेको छ । ल्होसार गुरुङ समुदायको नयाँ बर्ष पनि हो । मिर्लुङ्ग, धरमपानी, कोटबैदी, छिम्केश्वरी फिरफिरे गुरुङ समुदायको बहुल गाउाको रुपमा चिनिन्छ । तनहुामा ४० हजार जना गुरुङ जातीको बसोबास छ ।

प्रकाशित : पुस १५, २०७४ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्