कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

२०१७ लाई सम्झाउने तस्बिरहरु

'रोयटर्स पिक्चर अफ दी इयर'
कान्तिपुर संवाददाता

काठमाडौँ — रोयटर्सले २०१७ मा विश्वका विभिन्न स्थानमा रहेका आफ्नो फोटोग्राफरहरुले खिचेका महत्वपूर्ण घटनाका तस्बिरबाट 'पिक्चर अफ दी इयर' मा संकलन गरेको छ । 'पिक्चर अफ दी इयर' मा परेका केही तस्बिरहरु हामीले यहाँ प्रस्तुत गरेका छौं।

सामान्य डुंगामा सेप्टेम्बर ११, २०१७ का दिन बंगालको खाडी पार गरेर बंगलादेश प्रवेश गरेपछि समुद्र किनारको बालुवालाई छुँदै एक रोहिंग्या शरणार्थी महिला । तस्बिर : दानिस सिद्दिकी/रोयटर्स

आईएसले नियन्त्रणमा लिएको इराकको मोसुल सहरमा मार्च ४, २०१७ का दिन छोरीलाई लिएर भाग्दै गरेका एक बाबु । उक्त समय इराकी विशेष सैनिकले त्यहाँ आफ्नो पकड कायम गर्न हमला गरेको थियो । तस्बिर : गोरान तोमासेभिक/रोयटर्स

बायाँ तस्बिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेनेवरी २०, २०१७ मा सपथ ग्रहण गर्दाको हो भने दायाँ तस्बिर २००९ मा राष्ट्रपति बाराक ओबामाको सपथ ग्रहणको हो । तस्बिर : लुकास ज्याकसन (बा), स्टेलिओस् भारिआस/रोयटर्स

बेलायतको लण्डनस्थित वेष्टमिनिस्टर पुलमाथी मार्च २२, २०१७ मा भएको आतंकवादी आक्रमणमा परी घाइते भएको व्यक्तिलाई साहयता प्रदान गर्दै एक महिला । तस्बिर : टोबी मेलभील/रोयटर्स

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रोयटर्सलाई आफ्नो ओभल अफिसमा अन्तरवार्ता दिँदै । यो तस्बिर उनको कार्यकालकव् ९९ औं दिनमा लिइएको थियो । तस्बिर : कार्लोस बर्रिया/रोयटर्स

अमेरिकाको टेक्सास राज्यस्थित हुस्टनको बियोमन्टमा २८ अगष्ट, २०१७ मा हर्भे नामक समुद्री आँधी आउँदा स्थानीयलाई उद्धार गरेर सुरक्षित स्थानतर्फ लगिँदै । तस्बिर : जोनाथन बाचम्यान/रोयटर्स

दक्षिण अमेरिकाको कोलम्बियास्थित मोकोआमा अप्रिल ४, २०१७ मा परेको भिषण पानी पछि आएको पहिरोमा परी उद्धारकर्ताको मृत्यु भएपछि उनको शवयात्रामा सहभागी हुँदै उद्धारकर्ताहरु । तस्बिर : जेमी सालडार्रिआगा/रोयटर्स

क्यानडाको फेरिल्याण्ड नजिकै भएर बग्दै गरेको ठूलो आइसबर्ग । तस्बिर : जोडी मार्टिन/रोयटर्स

अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स जेनेवरी २१, २०१७ मा भएको अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा सर्भिस गर्दै । तस्बिर : ज्यासन रिड/रोयटर्स

उत्तरी ब्राजिलको क्लाकोने नदीको मुखमा रहेको स्थानबाट उड्दै गरेका स्कार्लेट इबिस, अप्रिल ६, २०१७ । तस्बिर : रिकार्डो मोरेस/रोयटर्स


प्रकाशित : पुस १६, २०७४ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्