१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

४ हजार मिटरको उचाइमा गाडी सरर...

उत्तरी धादिङको उच्च भेगमा गाडी पुग्यो
हरिहरसिंह राठौर

धादिङ — रसुवाको स्याफ्रुबेंसी हुँदै जिल्लाकै उच्च भाग ४ हजार मिटरको उचाइमा रहेको पाङसाङमा गाडी पुगेको छ ।  जिल्ला विकास समितिले लाखौं खर्च गरेर विगत १० वर्ष अघिदेखि निर्माण सुरु गरेको उक्त सोमदाङ–तिप्लिङ सडक उपभोक्ताहरुले कामै नगरे पछि अलपत्र परेको थियो । रसुवाको स्याफ्रुबेंसीबाट सोमदाङसम्मको ४२ किमी सडक नेपाली सेनाले २०४४ सालमै सम्पन्न गरेको थियो ।

गत फागुनमा हिउँ परेको पाङसाङ भन्ज्याङ । फाइल तस्बिर ।

गत फागुनमा हिउँ परेको पाङसाङ भन्ज्याङ । फाइल तस्बिर ।

नेपाल सरकारले गणेश हिमालमा रहेको जस्ता खानी अध्ययन र सञ्चालन गर्न उक्त सडक नेपाली सेना मार्फत निर्माण गरेको थियो । ३२ सय मिटर उचाईको सोमदाङबाट ४ हजार मिटर उचाईको पाङसाङ देउराली कटाई तिप्लिङसम्म ३१ किमी सडक पुर्‍याइएको हो ।


जिल्लाको उत्तरी भेकको रुबीभ्यालीका तत्कालिन ३ गाविसमा भूकम्पपछि पुनर्निर्माणका सामाग्री सहज पुर्‍याउन उक्त सडक निर्माण गरिएको हो । रुबीभ्यालीका बासिन्दाहरुलाई सडकमार्ग नहुँदा दैनिक उपभोग्यवस्तुहरु किनमेल गर्न २ दिन पैदल हिँडेर दार्खाको डुण्डुरे पुग्नु पर्ने बाध्यता थियो । अब गाडी पुगेपछि त्यहाँका बासिन्दालाई किनमेलको लागि सहज हुने छ।


‘सोमदाङबाट पाङसाङ ७ किमी र त्यसपछि २१ किमी सडक खने तिप्लिङको लवदुङ पुग्छ । अबको ३ महिनामा तिप्लिङबा बस्तीहरुमा यात्रुबाहक र मालबाहक साना सवारीसाधनहरु गुड्नेछन्,’ रुबीभ्याली–१ का वडाअध्यक्ष पेम्वा घलेले भने ।


सडकपुगेपछि धादिङको उत्तरी भागको पर्यटन व्यवसाय फस्टाउने स्थानीयको विश्वास छ ।

प्रकाशित : पुस १८, २०७४ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्