कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिसोमा सुकुम्बासीको कहर 

मनोज पौडेल

कपिलवस्तु — सातादेखि घाम नलागेपछि कठ्याङ्ग्रिने चिसो बढेको छ । यस्ले कपिलवस्तु नगरपालिका वार्ड नं. ३ मा तिलौरामा बसेका ४ घर सुकुम्बासीको जनजीवन कष्टकर बनेकोछ ।

२ वटा बास गाडेर त्यस माथि सामान्य प्लास्टिक राखेर बनेका घरमा बसेका उनीहरु चिसोले काप्दै बसेका छन् । बाहिर उस्तै जाडो हुन्छ ६० वर्षे शिवकुमार पाण्डेले भने टहरो ह्वाङ्ग हुँदा चारैतिरबाट चिसो पसेर बसिनसक्नु छ ।

गरिब विपन्न हुँदा घर बनाउन सकिएन् उनले भने ४ नानीनातिनालाई भएको झुत्राझत्री ओढाएर बस्छु । राति परेपछि ससाना प्वाल र प्लास्टिक छेड्दै शित भित्र छिर्छ चिन्की पाण्डेले भनिन्, 'एक सरो पातलो कपडाले कठ्याङ्ग्रिदै रात काटछु ।' श्रीमानहरु बाह्मण भएकाले दिन भरि यजमान खोज्दै माग्दै हिड्छन् भने साँझ त्यही पकाएर खान्छन् ।

अरु आयस्रोत केही नभएका यि सुकुम्वासीहरुसंग चिसोबाट बच्ने कपडा पनि छैनन् । 'लालाबाला पनि पढाउन सकेका छैनौं' उनी भन्छिन्, 'जाडो निक्कै कष्टर बनेकोछ ।' उनीहरुले पराल ओछयाएका छन् । फाटेका कपडाले बनाएको थाड्ग्रो ओड्छन् । जाडोले ४ घरमा २० जना प्रभावित बनेका छन् । आगो ताप्दै बसेका छन् । राती आगो शितले निभाईदिन्छ, त्यसपछि अझ समस्या हुन्छ ।

तीन सातादेखि बढेका चिसो सातादेखि झनै बढेको छ । न्युनतम १० देखि १२ डिग्रि सेल्सियस रहँदै आएको तापक्रम घटेर आजभोली न्युनतम ६ डिग्रीमा झरेकोछ । अधिक्तम् पनि १२ डिग्री सेल्सियस रहेको रामनगरस्थित जल तथा मौसम विज्ञान विभागको ईकाईका रामु रेग्मीले बताए । 'दिनभरि घाम लाग्दैन्' तुल्सीराम पाण्डेले भन्छन्, 'त्यसले अरु समस्या पारेको छ । रातभरि नसुति बस्ने गरेका छौं ।'

प्रकाशित : पुस २३, २०७४ १४:३८

प्रतिक्रिया
पठाउनुहोस्