कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चिसो बिहानमा टौदहमा टहल्दा...

तस्बिर : इलिट जोशी

काठमाडौँ — सोमबार पनि उपत्यकाको न्यूनतम तापक्रम शुन्य डिग्री नै रह्यो । आइतबार पनि न्यूनतम तापक्रम शुन्य डिग्री नै मापन गरिएको थियो । उपत्यकामा चिसो बढेपछि जनजीवन सामान्य प्रभावित बनेको छ । 

यही मौकामा म काठमाडौंबाट दक्षिण-पश्चिम रहेको टौदह पुगेको थिएँ । मञ्जुश्रीले खड्गले काटेर काठमाडौँ उपत्यकाको पानी निकासा गरेको ठाउँ चोभारबाट दुई किलोमिटर मात्रै टाढा छ टौदह।


फुर्सदको समय टहल्न होस् या प्रमिप्रेमिका घुम्न वा परिवारसँग रमाइलो गर्न टौदह जाने चलन बढेको छ अहिले । पोखरीलाई सदुपयोग गर्दै स्थानीयले माछासमेत पालेका छन् यहाँ ।


हिउँदमा रसियाबाट जाडो छल्न चराहरुपनि आउने बताइन्छ ।त्यसैले हिउँदमा धेरैथरीका चरा हेर्न पनि जान्छन् मानिसहरु । तर गत वर्षहरुमा भन्दा यो वर्ष कम चरा आएको स्थानीयले बताए । बिहानै चरा र माछालाई चारा खुवाउन जोडी पुग्दा रहेछन् । आइतबार बिहान ५ बजे टौदह पुगेँको थिएँ । चिसोको मौसममा देखिएका दृश्यलाई मैले क्यामरामा यसरी 'सेभ' गरेँ ।

प्रकाशित : पुस २४, २०७४ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्